१९ माघ २०८१, शनिबार
,
Latest
बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर  खानेपानी आयोजना मर्मत गर्न २८ करोड ५० लाख बढी लाग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्री पौडेललाई आफ्नै गृहनगर बुटवलमा कालोझण्डा देखाइयो



अ+ अ-

काठमाडौं । नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेललाई बुधबार बिहानै बुटवलको नेपालगञ्ज रोडमा कालोझण्डा देखाइएको हो । नेपाल तरुण दल र नेपाल विद्यार्थी सङ्घ रुपन्देहीले उनकै गृहनगर बुटवलमा कालोझण्डा देखाएको हो । 

उनी सवार सवारीलाई रोकेर अर्थमन्त्रीको पदसँग राजधानी साटेको भन्दै तरुण दलका कार्यकर्ताहरुले कालोझण्डा देखाएका हुन् ।

बुटवलमा रहेको लुम्बिनी प्रदेशको अस्थायी राजधानीलाई दाङको भालुवाङमा स्थायी राजाधानी सार्न दिएर आफूले अर्थमन्त्री पद खाएको आरोप पौडेलमाथि रहेको छ ।