१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्गा प्रसाईंको नेतृत्वमा काठमाडौँमा ट्याक्सीसहित चालकको प्रदर्शन



अ+ अ-

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले काठमाडौँमा ट्याक्सी र्‍याली गरेका छन् ।

राइड सेयरिङ बन्द गर्नुपर्ने, रातो नम्बर प्लेटका सवारीसाधनले यात्रु बोक्न नपाउने लगायतका मागसहित प्रसाईंले भक्तपुरस्थित आफ्नो निवासबाट ट्याक्सी र्‍याली निकालेका हुन् ।

भक्तपुरबाट निस्केको ट्याक्सी र्‍याली काठमाडौं प्रवेश गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी मोहनमणि अधिकारीले जानकारी दिए । ट्याक्सी र्‍यालीले गर्दा काठमाडौँको ट्राफिक व्यवस्थापन प्रभावित भएको छ ।