२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ News Polar अपडेटः युक्रेनी सहरमा रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमण, कम्तीमा २१ जनाको मृत्यु News Polar सिङ्गापुरद्वारा वित्तीय संस्थाका लागि एआई जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिका जारी News Polar विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar नेपाल –रुस द्विपक्षीय परामर्श बैठक सम्पन्न News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो News Polar प्रधान सेनापति सिग्देलद्वारा बेलायतमा भेटवार्ता News Polar १० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव News Polar SC orders to present written reply on writ against Sudurpaschim government News Polar NC General Convention: Voting to begin at 10:00am Thursday News Polar क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित News Polar मन्त्री चौधरीसँग जिजिजिआइका राष्ट्रिय प्रतिनिधिको भेट News Polar ग्रामीण र दुर्गम क्षेत्रमा गुणस्तरीय इन्टरनेट विस्तार सरकारको प्राथमिकता छः सञ्चारमन्त्री तिमिल्सिना News Polar नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत News Polar जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल News Polar शेरबहादुर दाई महाधिवेशनको मञ्चमा नहुँदा मिठो लागेको छैनः सभापति थापा News Polar बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो News Polar लोकतान्त्रिक संस्कृतिमा आएको क्षय सुधार्ने मुख्य अभिभारा काँग्रेससँग छः उपसभापति शर्मा News Polar काँग्रेसको प्राथमिकता सत्ता प्राप्ति मात्र हुनुहुँदैन, मुलुक निर्माणमा केन्द्रित राजनीतिक शक्तिका रुपमा स्थापित गरौँः आङ्देम्बे News Polar प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन

ईडब्लूएल: काठमाडौं स्पाइकर्सका मुख्य प्रशिक्षकमा जगदिश भट्ट नियुक्त

ईडब्लूएल: काठमाडौं स्पाइकर्सका मुख्य प्रशिक्षकमा जगदिश भट्ट नियुक्त
अ अ+ अ-

काठमाडौं:  वात्सल्य एभरेष्ट महिला भलिबल लिगमा डेब्यु गर्नु अघि काठमाडौं स्पाइकर्सले जगदीश भट्टलाई टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। लामो कोचिङ अनुभवसँगै भलिबलको राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा विभिन्न प्रकारको नेतृत्व गरिसकेका भट्ट आगामी सिजनमा स्पाइकर्सलाई सफलता दिलाउन तयार देखिएका छन्।

बलियो रणनीतिक कौशल र बलिया टिमहरू बनाउने क्षमताका लागि परिचित जगदीश भट्ट भलिबलका एक सम्मानित प्रशिक्षक हुन्। एशिया र युरोपका उच्चस्तरीय टिमहरूलाई प्रशिक्षण दिने अनुभव संगालिसकेका भट्ट आफ्नो प्राविधिक विशेषज्ञता र प्रेरक दृष्टिकोणको लागि परिचित छन्। भट्टसँग खेलाडीहरूलाई उनीहरूको पूर्ण क्षमतामा खेल्न सक्ने बनाउने र जुनसुकै प्रतिस्पर्धाका लागि सक्षम टोलीहरू निर्माण गर्ने प्रमाणित ट्र्याक रेकर्ड रहेको छ। यसले खुबीले पनि उनलाई वात्सल्य एभरेष्ट महिला भलिबल लिगमा स्पाइकर्सको नेतृत्वका लागि सक्षम बनाएको हो। स्पाइकर्समा उनले उषा भण्डारी, कमला पुन,आरती सुवेदी, निशा महर, कोपिला राना, बसन्ती साउद जस्ता उत्कृष्ट अनि प्रतिभाशाली खेलाडीहरूलाई प्रशिक्षण दिनेछन्।

काठमाडौं स्पाइकर्सकी सीओओ सुदिक्षा अधिकारीले आफ्नो धारणा व्यक्त गर्दै भन्नुभयो,“प्रशिक्षक भट्टको आगमनले प्राविधिक रूपमा उत्कृष्ट र प्रतिस्पर्धात्मक टोली निर्माण गर्ने हाम्रो प्रतिबद्धतालाई सहयोग हुनेछ। वहाँसँग रहेको खेलप्रतिको गहिरो बुझाइ र खेलाडीलाई निखार्नका लागि चाहिने जोशले हाम्रो टोलीको प्रदर्शनलाई पक्कै पनि उच्च पार्नेछ। उहाँको मार्गदर्शनले हाम्रा स्थानीय र अन्तर्राष्ट्रिय खेलाडीहरूबीचको सन्तुलन हेर्न पनि हामी उत्सुक छौं।”

आफ्नो नयाँ भूमिकाप्रति उत्साह व्यक्त गर्दै प्रशिक्षक जगदिश भट्टले भने,“काठमाडौं स्पाइकर्सको यो नयाँ जिम्मेवारी निभाउन पाउँदा म उत्साहित छु। यो टिम सम्भावनाले भरिएको छ र म एकजुट भएको प्रतिस्पर्धात्मक युनिट बनाउन खेलाडी र स्टाफहरू दुवैसँग मिलेर काम गर्न तत्पर छु। एभरेष्ट महिला भलिबल लिग एउटा रोमाञ्चक मञ्च हो र यसमा आफ्नो प्रभाव देखाउन म स्पाइकर्सलाई मद्दत गर्न तयार छु  जगदिश भट्ट मुख्य प्रशिक्षक बनेसँगै काठमाडौं स्पाइकर्स एभरेष्ट महिला भलिबल लिगको पहिलो सिजनका लागि उत्साहित छ। वहाँको मार्गदर्शनले टिमलाई अझ राम्रो प्रदर्शन गर्न र आफ्ना फ्यानहरूलाई सम्झनलायक अनुभवहरू प्रदान गर्न मद्दत गर्ने उनीहरुको विश्वास छ।