१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

रास्वपाको राष्ट्रिय भेलामा १५ सय प्रतिनिधि सहभागी हुने

रास्वपाको राष्ट्रिय भेलामा १५ सय प्रतिनिधि सहभागी हुने
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले असोज १ र २ गते हुने राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गरी तयारी पूरा भएको जनाएको हो । पत्रकार सम्मेलनका क्रममा पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले राष्ट्रिय भेला असोज १ र २ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा हुने बताउनु भयो । भेलामा १५ सय जति प्रतिनिधिको सहभागीता रहने बताउनु भयो । उहाँले नयाँ राजनीतिक दल भएकाले प्रतिनिधिको चाप रहेको र १५ सय प्रतिनिधिहरु उपस्थित रहने गरी व्यवस्था मिलाएको बताउनु भयो ।

केन्द्रिय समितिदेखि पालिकाको प्रतिनिधिसम्म राष्ट्रिय भेलामा अटाउन कोशिस गरिएको बताउनु भयो । करिव ४ सय पालिकामा पार्टीको संरचना बनेको र २ हजार भन्दा बढी वडाहरुमा संरचना बनेको दाबी गर्नुभयो । वडाबाट प्रतिनिधत्व ल्याउन सक्ने अवस्था नरहेको र पालिकाको तर्फबाट प्रतिनिधिहरु छनोट भएर आउने गरी व्यवस्था गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘असोज १ र २ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा राष्ट्रिय भेला हुनेछ । त्यसमा करिव १५ सय जति प्रतिनिधिहरु आउने तयारी छ । हामीलाई नयाँ पार्टी पनि भएको र एउटा उत्साह पनि भएको हिसावले प्रतिनिधिहरुको चाप छ । त्यो हलको क्षमता १३ सय ५० भन्दा बढी धान्न नसक्ने छ । तथापि १५ सय जति हामीले अपेक्षा गरेका छौँ । केन्द्रिय समितिदेखि पालिकाको प्रतिनिधिसम्म राष्ट्रिय भेलामा अटाउन कोशिस गरेका छौँ । हाम्रो करिव ४ सय पालिकामा पार्टीको संरचना बनेको छ । २ हजार भन्दा बढी वडाहरुमा संरचना बनेको छ । वडाबाट प्रतिनिधत्व ल्याउन सक्ने अवस्था रहेन । पालिकाको तर्फबाट प्रतिनिधिहरु छनोट भएर आउने गरी व्यवस्था गरेका छौँ ।’

रास्वपाले उपत्यका बाहिरबाट आउने प्रतिनिधिका लागि आवास र यातायातको व्यवस्था हुने जनाएको छ । राष्ट्रिय भेलाको तयारीका लागि १५ वटा उपसमिति गठन भएको र केन्द्रिय समितिका सदस्यहरुले नेतृत्व गर्नेगरी उपसमिति बनाइ काम गरिएको बताउनु भयो ।