१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वी एसियामा लाखौँ मानिस बाढीबाट प्रभावित, २०० भन्दा बढीको मृत्यु



अ+ अ-

एजेन्सी । दक्षिणपूर्वी एसियाका लाखौं मानिसले चक्रवात यागीका कारण प्रभावित हुनुपरेको छ । चक्रवातपछि भएको व्यापक बर्षाले निम्त्याएको बाढीका कारण यस क्षेत्रका २०० भन्दा बढी मानिसहरूले ज्यान गुमाएका छन् । बाढीका कारण यस क्षेत्रका घरहरू डुवानमा परेका छन् भने बिजुली लगायतका पुर्वाधारसमेतमा क्षति पुगेको छ ।

सबैभन्दा बढी प्रभावित भियतनाममा यागीका कारण मृत्यु हुनेको सङ्ख्या १९७ पुगेको छ भने उत्तरी थाइल्यान्डमा नौ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

यागीको साताव्यापी प्रहारले भारी वर्षा भएको र बर्षाका कारण आएको बाढीले उत्तरी भियतनाम, लाओस, थाइल्यान्ड र म्यानमारको भूभागलाई डुबाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय बाल निकाय (युनिसेफ)ले चक्रवातले भियतनाममा १४ लाख भन्दा बढी घरहरू क्षतिग्रस्त भएको जनाएको छ ।

युनिसेफले सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा घर, स्वास्थ्य केन्द्र र विद्यालयहरूका लागि पानी उपलब्ध गराएको छ भने आगामी दिनमा भियतनामी सरकारलाई चिकित्सा र सरसफाइसम्बन्धी सामग्री पठाउने जनाएको छ ।

बाढीका कारण २५ लाख हेक्टरभन्दा बढीक्षेत्रमा लगाएको बालीमा क्षति भएको र ठूलो सङ्ख्यामा गाईवस्तुहरू मरेका भियतनामको कृषि मन्त्रालयले जनाएको छ ।

युनेस्कोको विश्व सम्पदा स्थल लुआङ प्रबाङमा मेकोङ बिहीबार बाढीको प्रभाव उच्च् स्तरमा पुग्ने अपेक्षा गरिएको आयोगले बुलेटिनमा जनाएको छ ।

यागीका कारण थाइल्यान्डमा मृतकको सङ्ख्या नौ पुगेको र चियाङ माई प्रान्तमा छ जनाको मृत्यु भएको विपद् रोकथाम तथा न्यूनीकरण विभागले जनाएको छ ।

यसै गरीे चियाङ राई विमानस्थल लागि सबै उडानहरू स्थगित गरिएको उड्डयन अधिकारीहरूले बताएका छन् ।

म्यान्माको सिमानामा रहेको माई साई जिल्लाले ८० वर्षयताकै सबैभन्दा खराब बाढीको सामना गरिरहेको आन्तरिक मन्त्रालयका एक वरिष्ठ अधिकारी सुट्टीपोङ जुल्जारेर्नले विज्ञप्तिमार्फत जनाउनुभएको छ ।

प्रधानमन्त्री पेतोङ्तार्न सिनावात्राले प्रभावित क्षेत्रमा सामान पठाउन आदेश दिनुभएको छ भने राहत कार्यमा सहयोग गर्न डुङ्गा, हेलिकप्टरलगायतका यातायात पठाउन सेनालाई परिचालन गर्नुभएको छ ।

म्यानमाको सरकारी समाचारपत्र ग्लोबल न्यू लाइटले याङ्गुन र माङ्डलेबीचको मुख्य लाइनमा केही भागमा बाढीका कारण रेल सेवा स्थगित गरिएको जनाएको छ ।

जुलाईमा प्रकाशित एक अध्ययनले जलवायु परिवर्तनले तटीय क्षेत्रमा आँधीको प्रभाव तीव्र बनाएको र लामो समयसम्म यसको प्रभाव देखिने गरेको उल्लेख गरेको छ ।