२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमानस्थलद्धारा सुरक्षा जाँचका क्रममा खादा र माला प्रयोग नगर्न आग्रह



फाईल फोटो
अ+ अ-

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले विदेशमा जाने यात्रुले सुरक्षा जाँचका क्रममा आफुले लगाएका खादा तथा माला प्रयोग नगरिदिन आग्रह गरेको छ ।

यात्रुहरुले लगाएका खादा र मालाका कारण सुरक्षा जाँचका क्रममा विमानस्थलका जाँच उपकरण एक्सरे, कन्भेयर बेल्ट तथा स्केलेटरमा अड्किएर क्षति पुर्‍याइरहेकाले उक्त जाँचका क्रममा खादा तथा माला प्रयोग नगरिदिन आग्रह गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्ध जगन्नाथ निरौलाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सुरक्षा जाँचका क्रममा यात्रुले लगाएका खादा र माला नलगाउन आज एक सूचना जारी आग्रह गरेका छौँ, अन्य बेला लगाए पनि सुरक्षा जाँचका क्रममा खादा र माला झोलामा राख्नुपर्ने छ ।”

यसैगरी यात्रुले लगाएको खादा र माला विमानस्थलका विभिन्न भागमा अलपत्र छाडी जाने गर्नाले समेत विमानस्थलको सौन्दर्यतामा नकारात्मक असर पुग्ने गरेको महाप्रबन्धक निरौलाको भनाइ छ । खादा र माला आफैसँग लैजानै परे यात्रुले झोलाभित्र राखेर लैजानसक्ने विमानस्थल कार्यालयले जनाएको छ ।रासस