२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

ट्राभिस हेडले आईपीएलमा १८ करोडमा बिक्रि भएका बलरलाई एकै ओभरमा ३० रन चुटेपछि…

ट्राभिस हेडले आईपीएलमा १८ करोडमा बिक्रि भएका बलरलाई एकै ओभरमा ३० रन चुटेपछि…
अ अ+ अ-

एजेन्सी । अष्ट्रेलियका विष्फोटक ब्याट्सम्यान ट्राभिस हेडले इंग्ल्याण्डविरुद्ध उत्कृष्ट इनिङ खेलेका छन् ।

यस इनिङ्समा उनले आईपीएलमा १८.५० करोड भारुमा बिक्रि भएका इंग्ल्याण्डका साम करनलाई चुटेका थिए । सामको एकै ओभरमा हेडले ३० रन बनाए ।

साम करनले स्लो बलबाट ओभरको सुरुवात गर्छन्, जसमा हेड लेग साइडतर्फ चौका प्रहार गर्छन् । त्यसपछि अर्को बलमा हेडले अफ साइडमा चौका प्रहार गरे ।

यसपछि, ओभरको तेस्रो बलमा, हेडले हवाई फाएर गर्दै लेग साइडमा लामो छक्का प्रहार गरे । त्यसपछि अगाडि बढ्दै उनले ओभरको चौथो बलमा छक्का प्रहार गरे । त्यसपछि पाँचौं बलमा हेड अफ साइडमा छक्का र छैटौं बलमा सोही दिशामा चौका प्रहार गर्छन् । यसरी सामको ओभरमा हेडले ३० रन लिए ।

हेडले शानदार इनिङ खेल्दै २३ बलमा ८ चौका र ४ छक्का प्रहार गर्दै ५९ रन बनाए । यस क्रममा उनले १९ बलमा आफ्नो अर्धशतक पूरा गरे । अझ रोचक कुरा के थियो भने हेडले पहिलो १२ बलमा १५ रन मात्र बनाएका थिए । यसपछि उनले १९ बलमा अर्थात अर्को ७ बलमा आफ्नो अर्धशतक पूरा गरे ।

साउथह्याम्पटनको द रोज बाउलमा भएको खेलमा अष्ट्रेलिया २८ रनले विजयी भएको थियो । खेलमा इंग्ल्याण्डले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको अष्ट्रेलिया १९.३ ओभरमा १७९ रनमा अलआउट भयो । त्यसपछि लक्ष्य पछ्याउन मैदान उत्रिएको इङ्ल्यान्ड १९.२ ओभरमा १५१ रनमा सिमित भयो । यसरी अस्ट्रेलियाले यो खेल २८ रनले जित्यो ।