• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo

ट्राभिस हेडले आईपीएलमा १८ करोडमा बिक्रि भएका बलरलाई एकै ओभरमा ३० रन चुटेपछि…



एजेन्सी । अष्ट्रेलियका विष्फोटक ब्याट्सम्यान ट्राभिस हेडले इंग्ल्याण्डविरुद्ध उत्कृष्ट इनिङ खेलेका छन् ।

यस इनिङ्समा उनले आईपीएलमा १८.५० करोड भारुमा बिक्रि भएका इंग्ल्याण्डका साम करनलाई चुटेका थिए । सामको एकै ओभरमा हेडले ३० रन बनाए ।

साम करनले स्लो बलबाट ओभरको सुरुवात गर्छन्, जसमा हेड लेग साइडतर्फ चौका प्रहार गर्छन् । त्यसपछि अर्को बलमा हेडले अफ साइडमा चौका प्रहार गरे ।

यसपछि, ओभरको तेस्रो बलमा, हेडले हवाई फाएर गर्दै लेग साइडमा लामो छक्का प्रहार गरे । त्यसपछि अगाडि बढ्दै उनले ओभरको चौथो बलमा छक्का प्रहार गरे । त्यसपछि पाँचौं बलमा हेड अफ साइडमा छक्का र छैटौं बलमा सोही दिशामा चौका प्रहार गर्छन् । यसरी सामको ओभरमा हेडले ३० रन लिए ।

हेडले शानदार इनिङ खेल्दै २३ बलमा ८ चौका र ४ छक्का प्रहार गर्दै ५९ रन बनाए । यस क्रममा उनले १९ बलमा आफ्नो अर्धशतक पूरा गरे । अझ रोचक कुरा के थियो भने हेडले पहिलो १२ बलमा १५ रन मात्र बनाएका थिए । यसपछि उनले १९ बलमा अर्थात अर्को ७ बलमा आफ्नो अर्धशतक पूरा गरे ।

साउथह्याम्पटनको द रोज बाउलमा भएको खेलमा अष्ट्रेलिया २८ रनले विजयी भएको थियो । खेलमा इंग्ल्याण्डले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको अष्ट्रेलिया १९.३ ओभरमा १७९ रनमा अलआउट भयो । त्यसपछि लक्ष्य पछ्याउन मैदान उत्रिएको इङ्ल्यान्ड १९.२ ओभरमा १५१ रनमा सिमित भयो । यसरी अस्ट्रेलियाले यो खेल २८ रनले जित्यो ।