• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo

शिवधाम निर्माणका लागि एक लाख प्रदान



गोदावरी, (ललितपुर) । गोदावरी नगरपालिका–३ का अध्यक्ष सानुराज घिमिरेले पाथीभरा महिला समूहलाई रु एक लाख ११ हजार एक सय एक प्रदान गर्नुभएको छ । उहाँले आफ्नो जन्मदिनमा उक्त रकम प्रदान गर्नुभएको हो ।

‘गोदावरी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ’ मा उहाँले शिवधाम बनाउने महिला समूहको योजनामा भरथेग गर्न उक्त रकम प्रदान गर्नुभएको हो ।

पाथीभरा महिला समूहको आयोजनामा नगरपालिका–३ स्थित शिव बस्तीमा भदौ २५ देखि ३१ गतेसम्म महायज्ञ हँुदैछ । महायज्ञको उद्देश्य गोदावरी नगरपालिका–३ स्थित शिव बस्तीमा २० फिट अग्लो महादेवको मूर्तिसहित शिवधाम निर्माण गरिने पाथीभारा महिला समूहका अध्यक्ष भगवती बुढाथोकीले बताउनुभयो । रासस