• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo

दश लाख खर्चेर राधाकृष्ण मन्दिर पुन:निर्माण



गोरखा । सिरानचोक गाउँपालिका–५, छोप्राकस्थित फौदर गाउँको राधाकृष्ण मन्दिर पुन:निर्माण भएको छ । गाउँपालिकाको आर्थिक सहयोग र स्थानीयको श्रमदानमा मन्दिरको पुनर्निर्माण सम्पन्न भएको हो ।

मन्दिर व्यवस्थापन समितिका संयोजक शिवचन्द्र पोखरेलका अनुसार गाउँपालिकाबाट प्राप्त रु १० लाख तथा दुई लाख ५० हजार चन्दाका साथै जनश्रमबाट मन्दिर निर्माण भएको हो । सोही रकममध्येबाट राधाकृष्णको मूर्ति पनि खरिद गरिनेछ ।

“पुन:निर्माण गरिएको मन्दिर यस क्षेत्रको सबैभन्दा पुरानो हो,” उहाँले भन्नुभयो, “भूकम्पले क्षतिग्रस्त मन्दिर पुन:निर्माण नहुँदा धार्मिक अनुष्ठानका लागि हामीलाई समस्या थियो ।” रासस