१ असार २०८३, सोमबार
,
Latest
बिर्तामोड रोजगार मेलामार्फत १६४ युवाले पाए रोजगारी सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पुनर्लेखन गर्नुपर्दछः उर्मिला अर्याल सरकारले ल्याएको बजेटमा प्रशस्त कमजोरी छन्ः सांसद रोकाय आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मधेस प्रदेशले ल्यायो ४१ अर्ब ‍‍१३ करोडको बजेट शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाएर सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः सांसद थेवे गर्मीबढेसँगै महोत्तरीमा सर्प दंशका बिरामी बढे सरकारले संसदीय पद्धति र राष्ट्रिय हित विपरित कार्य गर्‍यो : महासचिव पोखरेल ऊर्जा मन्त्रालयको हटलाइन ११५१ मार्फत १३ हजारभन्दा बढी गुनासो समाधान एमाले प्रचार शैली प्रविधि अभावका कारण ‘रक्षात्मक’ बनेको स्वीकार, डिजिटल दक्षता बढाउन जोड सुस्तामा सीमा सुरक्षाका लागि सरकारले तत्काल सशष्त्र प्रहरीको स्थायी क्याम्पको व्यवस्था गर्नुपर्दछः सचेतक मेचे
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटन बोर्डको सीइओ नियुक्ति विवादमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश



अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डको सीइओ नियुक्ति विवादमा कारण देखाऊ आदेश जारी गरेको छ ।

न्यायाधीश कुमार चुडालको एकल इजलासले अन्तरिम आदेश नहुने भन्दै कार्यकारी प्रमुख नियुक्ति सम्बन्धी विषयमा लिखित जवाफसहित उपस्थित हुन सरकारका र विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।

बोर्डको सीईओमा दीपकराज जोशी नियुक्ति भएका थिए । जोशीको नियुक्ति बरियताक्रम मिचेर गरिएको र आफू पहिलो नम्बरमा हुँदा हुँदै पन्छाएको दाबी गर्दै डा.धनञ्जय रेग्मीले रिट दायर गरेका थिए ।

उक्त रिटको पहिलो सुनुवाइ गर्दै सर्वोच्चले सरकारसँग यसको कारण माग गरेको हो । यो विवादमा अब अर्को सुनुवाइपछि अन्तरिम आदेश जारी हुने वा नहुनेबारे निर्णय हुनेछ ।

सर्वोच्चले हाललाई अन्तरिम आदेश जारी नगरेका कारण जोशीले काम गर्न भने पाउनेछन् ।