३ मंसिर २०८१, सोमबार
,
Latest
कोशी र गण्डकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना पूर्वराष्ट्रपति भण्डारीद्वारा ढुङ्गानाप्रति श्रद्धाञ्जली मंसिर ८ देखि दोस्रो चरणको आन्दोलन शुरु गर्ने रास्वपाको घोषणा स्थानीय तहका ४२ पदका लागि चार सय सात जनाको मनोनयन दर्ता चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल ३ वर्षपछि पनि उत्तिकै फायर ‘पुष्पाराज’, पार्ट २ को धमाकेदार ट्रेलर सार्वजनिक (भिडियोसहित) मुलुकको अर्थतन्त्रका वाह्य सूचकहरु सकारात्मक छन्ः अर्थमन्त्री पौडेल विराटनगर किङ्सको ब्राण्ड एम्बासडरमा अभिनेता दयाहाङ राई २४ जिल्लाका तीन हजार एक सय ९१ विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण दुर्घटना न्यूनीकरणका लागि संवेदनशील र जिम्मेवार भएर लाग्न गृहमन्त्री लेखकको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्फा महिला लिग: पुलिस क्लबद्वारा कोशी प्रदेश पराजित



अ+ अ-

काठमाडौँ । एन्फा महिला लिगअन्तर्गत आज भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई पराजित गरेको छ । जितसँगै पुलिस क्लब लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा पुलिसले कोशी प्रदेशलाई ४–० गोलअन्तरले पराजित गरेको हो । शीर्ष स्थानमा उक्लिएको पुलिसले चार खेलबाट १० अङ्क जोडेको छ । प्रतियोगितामा पहिलो हार बेहोरेको कोशी नौ अङ्क जोड्दै दोस्रो स्थानमा छ ।

पुलिसका लागि अनुष्का शेर्पा, निर्मला उपाध्याय, सम्झना लावती र अमृता जैशीले गोल गरे । पुलिसले खेलको २४औँ मिनेटमा अनुष्काको गोलमार्फत सुरुआती अग्रता लिएको थियो । खेलको ४६औँ मिनेटमा पुलिसकी निर्मलाले गोल गरिन ।

यस्तै खेलको ८०औँ मिनेटमा सम्झनाले गोल गर्दै पुलिसलाई ३–० को अवस्थामा पुर्याइन । त्यसपछी खेलको ८८औँ मिनेटमा अमृताले गोल गरेर पुलिसलाई ४–० गोलको जित दिलाइन ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गरेको उक्त प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।