९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन

समाजमा नकारात्मक सन्देश फैल्याउने खालका समाचार सम्प्रेषण नगर्न संञ्चारमन्त्रीको आग्रह

समाजमा नकारात्मक सन्देश फैल्याउने खालका समाचार सम्प्रेषण नगर्न संञ्चारमन्त्रीको आग्रह
अ अ+ अ-

काठमाडौ  । सञ्चार तथा सूूचना प्रविधिमन्त्री पार्वत गुरुङले समाजमा नकारात्मक सन्देश फैल्याउने खालका समाचार सम्प्रेषण नगर्न सञ्चार माध्यमहरुलाई आग्रह गर्नु भएको छ । 
सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चारमन्त्री गुरुङले सधैं विरोध, आलोचना र नकारात्मक सन्देश फैल्याउने खालका समाचारले सभ्य र समृद्ध समाज निर्माणमा अवरोध खडा गर्ने उल्लेख गर्दै त्यस्ता खालका समाचार सम्प्रेषण गर्न नहुने स्पष्ट पार्नु भयो ।

नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी नेतृत्वको दोलखाली पत्रकारहरुको टोलीसँग बुधबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा भएको भेटमा उहाँले तथ्यहिन समाचारले समाजलाई बिग्रहको बाटोतर्फ समेत लैजाने खतरा रहेको औंल्याउँदै त्यसतर्फ सञ्चार माध्यमहरुले सचेत हुनुपर्ने बताउनु भयो । ‘राजनीतिक आग्रह÷पूर्वाग्रह राखेर तथ्यहिन ढंगले समाचार सम्प्रेषण गर्दा त्यसले समाजमा विग्रहको अवस्थासमेत ल्याउने गर्दछ,’ मन्त्री गुरुङले भन्नु भयो,‘त्यसकारण सधैं विरोध, आलोचना र नकारात्मक खालका सन्देश समाजमा प्रवाह हुने गरी समाचार सम्प्रेषण गर्न हुन्न ।’ उहाँले सञ्चार क्षेत्रलाई मर्यादित र जिम्मेवार बनाउने गरी सञ्चार नीति ल्याउने सोच अघि सारेको उल्लेख गर्दै त्यसका लागि सम्वद्ध सबै पक्षलाई सुझाव दिन पनि आह्वान गर्नु भयो । 

सञ्चारमन्त्री गुरुङले इन्टरनेट सेवालाई सर्वशुलभ, गुणस्तरीय र सबैको पहुँचमा पु¥याउने कामलाई उच्च प्राथमिकता दिएको बताउनु भयो । उहाँले फोरजी सेवा विस्तार तथा अप्टिकल फाईबर बिछयाउने कामलाई तीब्रताका साथ अघि बढाउने काम भईरहेको बताउनु भयो । मन्त्री गुरुङले इन्टरनेट सेवामा सबैको पहुँच पु¥याउन मातहतका निकायलाई सचेत गराईएको बताउनु भयो । फेसबुक, टवीटर, भाईबरलगायतका सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउने योजनामा आफू रहेको मन्त्री गुरुङको भनाई थियो । 

भेटमा प्रेस युनियनका महासचिव शिवाकोटीलगायतका पत्रकारहरुले कोभिड–१९ बाट प्रभावित श्रमजीवि पत्रकारहरुलाई उचित राहतको व्यवस्था गर्न मन्त्री गुरुङसँग माग गर्नु भएको थियो ।