४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठगी आरोपमा पक्राउ परे हाँस्य कलाकार ‘इकु’



अ+ अ-

काठमाडौं । चर्चित हाँस्य कलाकार सुलेमान शंकर ‘इकु’ पक्राउ परेका छन् ।

कलाकार भिसामा युरोप पठाउँछु भनेर विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा उनी पक्राउ परेका हुन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई पक्राउ गरेको हो ।

उनले युरोपका विभिन्न देशमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा आवश्यक पर्ने कलाकारका लागि कलाकार भिसामा लैजाने भन्दै प्रति व्यक्ती १५ देखि २० लाख रुपैयाँसम्म लिएको सीआईबीको दाबी छ ।

इकुले आफ्नो नाममा रहेको एसएमएस फ्लिम्स प्रालीका नाममा पीडितलाई पैसा जम्मा गर्न लगाएकाको खुलेको छ ।

कलाकार भिसामा लैजान्छु भन्दै पैसा लिइएका व्यक्तिहरू जान नपाएपछि उनीहरुले प्रहरी गुहारेका थिए ।