१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

उपसभामुखलाई हटाउने कदम चाले प्रतिकार गर्छौं: रास्वपा

उपसभामुखलाई हटाउने कदम चाले प्रतिकार गर्छौं: रास्वपा
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा रानालाई हटाउने कदम चालिए प्रतिकार गर्ने बताएको छ ।

उपसभामुख इन्दिरा रानामाथि सत्तारुढ दलहरुले संसदसँग असम्बन्धित व्यक्तिलाई अमेरिका लैजान लागेको आरोप लगाउँदै राजीनामा माग गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरु प्रतिवाद गर्न तयार रहेको बताएको हो ।

बुधवार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कार्यवाहक प्रवक्ता मनिष झाले उपसभामुखको कदम गलत भएपनि स्पष्टिकरणको मौका दिनुपर्ने बताउनु भयो । उहाँले १८ महिना अगाडीको प्रकरण अहिले निकालिएको भन्दै अहिले निकाल्नुको कारणबारे सत्तारुढ दलहरुलाई प्रश्न गर्नुभयो । उहाँले आफूहरु सत्तारुढ दलहरुको आगामी कदमहरुलाई नियालीरहेको भन्दै उनीहरुको कदम अनुसार आफ्नो कदम निर्धारण गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘१८/१९ महिना पहिला एउटा पत्रमा उहाँको हस्ताक्षर देखियो जुन पत्र सम्बन्धित मन्त्रालयमा दर्ता पनि भएको छैन । सम्बन्धित ठाउँमा पुगेको पनि छैन । भिसाको लागि अनुरोध पत्र थिएन । अन्तर्वाताको लागि अनुरोध पत्र थियो । त्यतिखेर कार्यक्रमको समय धेरै नजिक आइरहेको थियो त्यसैले म लगायत मेरो टोलीलाई अलि चाँडै अन्तर्वाताको समय दिनसक्छौँ कि भनेर अनुरोध पत्र हस्ताक्षर भयो । जुन गलत भयो फेरि । त्यसमा हामीले सही थियो । कुनै गल्ती थिएन भनिरहेका छैनौँ । त्यो दुरुपयोग भएको हो । तर त्यसलाई १८ महिनासम्म दबाएर, लुकाएर किन राखियो रु एउटा प्रश्न हाम्रो । यस्तै कुनै राजनीतिक दाउपेचमा प्रयोग गर्न पाइन्छ कि भनेर लुकाएर राखिएको होला नि । यदि गलत थियो भने त १८ महिना अगाडी नै गलत थियो नि ।

आज आएर गलत भएको हो र रु त्यसैले उहाँहरुको इमान्दारितामा र दाउपेचमा प्रश्न । नयाँ गठबन्धन बनेपछि यो सान्दर्भिक भएको हो रु त्यो बेला सान्दर्भिक थिएन भन्ने हाम्रो प्रश्न हो । अर्को कुरा यदि नराम्रो नै भयो भने नराम्रो भएपछि कानूनी प्रक्रिया छ नि । छानविन गर्न सकिन्छ । उहाँलाई स्पष्टिकरण दिने मौका दिनुपर्छ । त्यो सबै भएपछि बल्ल त्यहाँ पुग्ने हो । हाम्रो बुझाइ के हो भने संवैधानिक परिषद्मा उहाँहरुको बहुमत को हुनुपर्छ को हुनुपर्दैन भन्ने हो । कुनै पनि औपचारिक कदम चालिसकिएको छैन । संकलित हस्ताक्षर कतै दर्ता भइसकेको छैन । त्यसकारण हामी छलफल मात्रै गरिरहेका छौँ । यो नै निर्णय हो भन्ने निष्कर्ष सुनाउनुपर्ने अवस्था आएको छैन । उहाँहरुले कस्तो कदम लिनुहुन्छ त्यस अनुसार छलफल गर्नेछौँ । पर्ख र हेर को अवस्थामा छौँ । तर अर्को कुरा सरोकार छ, आक्रामक रुपमा हामी तयार छौँ । आएको परिस्थितिलाई कसरी सामना गर्ने, त्यसलाई कसरी प्रतिकार गर्ने र कसरी त्यसमा हामीले कार्य गर्ने भन्नेकुरामा पूर्ण तयारी र सरोकार छ ।’

उहाँले आफूहरु उपसभामुखको रक्षाका निम्ति तयारी अवस्थामा रहेको बताउनु भयो ।