३ आश्विन २०८१, बिहीबार
,
Latest
जनताको अवस्था बदल्न ढृढताका साथ अघि बढौँ : अध्यक्ष दाहाल संविधानमार्फत् सबै नेपाली बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध : पूर्वराष्ट्रपति भण्डारी संविधान संशोधन थप उपलब्धिका लागि हुनुपर्छ : अध्यक्ष दाहाल इमान्दारितापूर्वक संविधान पालना गर्न सबैलाई प्रेरणा मिलोस् : सभामुख घिमिरे सत्य सूचनाका चार बर्ष मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति पौडेल संविधान १०औं वर्षमा, हर्षोल्लासका साथ संविधान दिवस मनाइँदै नेपाल ओमानसँग पराजित संयुक्त राष्ट्र संघको महासभामा भाग लिन उपप्रमुख डंगोल अमेरिका प्रस्थान
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपसभामुखलाई हटाए लोकतन्त्रको मान मर्यादा रहँदैन: अध्यक्ष राउत



file photo
अ+ अ-

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त राउतले गलत नियतका साथ उपसभामुखलाई हटाउन खोजिएको बताउनुभएको छ ।

बुधवार न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष राउतले सरकारले गलत नियतका साथ उपसभामुख इन्दिरा रानालाई हटाउन लागेको बताउनुभएको हो ।

उहाँले सरकारले संवैधानिक परिषद्मा आफ्नो बहुमत पुर्‍याउनका लागि उपसभामुखलाई हटाउन लागेको बताउनु भयो । संवैधानिक परिषद्मा बहुमत नपुग्दा आफ्नो मान्छेलाई नियुक्त गर्न गाह्रो भएकाले गलत नियत राखिएको उहाँको भनाई छ । अध्यक्ष राउतले उपसभामुखलाई हटाए लोकतन्त्रको मान मर्यादा नरहने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘एकदम गलत नियतका साथ भइरहेको छ । संवैधानिक परिषद्मा बहुमत पुर्‍याउनका लागि भइरहेको छ । अहिले आदि आदि भयो । ३–३ वटा सिट भएपछि त्यहाँबाट आफ्नो मान्छेलाई नियुक्त गर्न गाह्रो भयो भनेर हटाउनका लागि यो भइरहेको छ । जुन गलत नियतका साथ हुन्छ, त्यो पक्कै पनि गलत नै हुन्छ । यसो नर्गदिए अलिकति लोकतन्त्रको मान मर्यादा रहन्थ्यो कि जस्तो हामीलाई लाग्छ । किनकी उपसभामुखज्यु एकदम प्रतिष्ठित र सबैभन्दा योग्य व्यक्तिहरुमध्ये एक हुनुहुन्छ जस्तो मलाई लाग्छ । अहिलेको सरकारको बारेमा हामीलाई खासै जानकारी पनि हुन सकेको छैन । हिजो अस्ति सत्ता गठबन्धनको बैठक बस्यो भनेर मैले पनि पढेँ ।’

‘कता के भइरहेको छ? अहिलेसम्म न्युनतम साझा कार्यक्रम पनि बनेको अवस्था छैन । न त कसैसँग छलफल हुन्छ । न त सरकारको भिजिबिलिटी कतै देखेको छु मैले । हामी सत्ता पक्ष हो कि विपक्षीमा हो त्यो मलाई पनि थाहा छैन खासमा । म चाहीँ खासै काम, कारबाही अगाडी बढेको जस्तो, सरकार भएको जस्तो महशुस देख्दिनँ । उल्टै के देखिन्छ भन्दाखेरी साना पार्टीहरुलाई अरु पार्टीहरुले कसरी सखाप पार्ने ? केही सिमित नेताहरुलाई मात्रै कसरी प्रतिशोध साँध्ने ? त्यसमा प्रतिनिधि सभा पनि केन्द्रीत भएको र सरकार पनि केन्द्रीत भएको मैले देखेको छु ।’

उहाँले सरकार र प्रतिनिधि सभा साना पार्टीहरुलाई कसरी सखाप पार्न सकिन्छ भन्नेमा केन्द्रित भएको बताउनु भयो । उहाँले आफूले सरकार भएको महशुस गर्न नसकेको पनि बताउनु भयो ।