१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर

उपसभामुख रानालाई मार्गप्रशस्त गर्न काँग्रेसको आग्रह

उपसभामुख रानालाई मार्गप्रशस्त गर्न काँग्रेसको आग्रह
अ अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसले उपसभामुख इन्दिरा रानालाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ ।

बुधवार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले उपसभामुख रानालाई आफैँ मार्गप्रशस्त गर्न आग्रह गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस प्रमुख सचेतक श्यामप्रसाद घिमिरेले बैठकले सत्तारुढ दलहरुको बैठक बसेर उपसभामुखबारे साझा धारणा बनाउने निर्णय भएको बताउनु भयो ।  उहाँले अनाधिकृत रुपमा उपसभामुखले असम्बन्धित व्यक्तिहरुलाई आफूसँगै कार्यक्रममा लैजान दिन भनेर अर्को देशको राज्दुतावासलाई पत्र लेख्नु संसदीय व्यवहार नभएको निस्कर्ष निकालेको बताउनु भयो । उपसभामुख आफैँले राजीनामा दिनुपर्ने र अर्को देशको राजदुतावासको सम्बन्धका विषयलाई लिएर गर्नै नहुने काम गर्नुभएको काँग्रेसको निस्कर्ष रहेको बताउनु भयो । उहाँले उपसभामुखले पत्र लेखेर कुटनीतिक नियोगलाई आग्रह गर्न नमिल्ले र गर्नैपर्ने भए सचिवालयमार्फत परराष्ट्र मन्त्रालय हुँदै जानुपर्ने बतउनु भयो । उपसभामुखको सो कार्यले संसदलाई अपमानित गरेको र मुलुकको शिर झुकाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘भ्रातृ संस्थाका निर्देशक समितिहरु बनाउने भन्ने कुरादेखि लिएर पार्टीका अन्य भ्रातृसंघ संस्थाका विषयहरु छन् । उपसभामुखको विषयमा पनि धेरै कुराहरु आएको छ, उठेको छ । त्यो विषयलाई पनि कसरी निराकरण गर्ने भन्नेबारेमा केन्द्रित भएर नै छलफल अघि बढ्यो । उहाँमाथि जुन ढंगले प्रश्न उठ्यो, उहाँले अनाधिकृत रुपमा उहाँले गर्नै नहुने ढंगले आफू जाने कार्यक्रममा मैसँग जाने हुन् यि मान्छे भनेर त्यो कार्यक्रममा असम्बन्धित मान्छेहरुको बारेमा आफ्नो लेटरहेडमा लेखेर जुन सिफारिस गर्नुभयो, त्यो संसदीय व्यवहार भएन । संसदको उपसभामुख जस्तो पदमा बसेर त्यो व्यवहार गर्नु अत्यन्तै अनुचित थियो । यो फागुनतिर भएको हो, साउनमा बाहिरियो । त्यो बेला पनि कुरा उठेर सेलायो । अहिले जोडदार रुपमा प्रश्न आयो ।’

‘त्यो विषयमा छलफल गर्नुपर्ने आवश्यकता पर्‍यो र हामीले पनि छलफल गरेका छौँ । यो विषयमा कसरी जाने भन्नेकुरा संसदीय दलको बैठक बसेर हामी पार्टीको निर्णय लिन्छौँ । सत्तारुढ दलहरुसँग छलफल गरेर पनि सत्तारुढ दलहरुबाट साझा धारणा बनाउँछौँ । उहाँले आफैँले राजीनामा दिनुपर्छ । उहाँमाथि गम्भीर प्रश्न उठेको हो । यो चानचुने प्रश्न होइन । एउटा अर्को देशसँगको सम्बन्ध, अर्को देशको राजदुतावासको सम्बन्धका विषयलाई लिएर उहाँले गर्नै नहुने काम गर्नुभयो । उपसभामुखले लेखेर कुटनीतिक नियोगलाई त्यस्तो सिफारिस गर्नै मिल्दैन । गर्नैपर्ने भएदेखि उहाँको सचिवालयमार्फत परराष्ट्र मन्त्रालय हुँदै जानुपर्ने हो । यसले संसदलाई नै अपमानित गरेको छ । यो विषय गम्भीर छ, यसले मुलुकको शिर झुकाएको छ । मुलुकलाई पनि अपमानित गरेको छ भन्ने काँग्रेसको बुझाइ छ । यो सबै प्रक्रियामा जानु भन्दा उहाँले आफैँले बुझेर मार्ग प्रशस्त गर्नु, बहिर्गमनको बाटो रोज्नु जायज हुन्छ ।’

प्रमुख सचेतक गुरुङले उपसभापति धनराज गुरुङको विषयमा छानविनबाट दोषी ठहर भए कारबाही भोग्ने र त्यसको छानविन गराउन काँग्रेस तयार रहेको बताउनु भयो ।