• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo

विश्वकप छनोटमा पाराग्वेसँग हार्यो ब्राजिल



काठमाडौँ । फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिल पराजित भएको छ ।

बुधवार बिहान सम्पन्न खेलमा ब्राजिल पाराग्वेसँग १–० ले स्तब्ध बनेको हो ।

पाराग्वेको जितमा डियगो गोमेजले निर्णायक गोल गरे । उनले २०औँ मिनेटमा गोल गरेका थिए ।

यो जितपछि १० टोली सहभागी छनोटमा ९ अंकका साथ पाराग्वे सातौं स्थानमा छ ।

यस्तै, ब्राजिल आठ खेलबाट १० अंकसहित पाँचौं स्थानमा छ ।