• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo

उपसभामुख इन्दिरा रानामगर र उपसभापति धनराज गुरुङबारे छलफल गर्ने



काठमाडौं । नेपाली कांग्रैसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बस्दै छ । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बैठक बस्दैछ ।

उपसभामुख इन्दिरा रानामगरलाई पदबाट हटाउनेबारे एमालेसँग भएको सहमतिअनुसार अब कसरी अघि बढ्ने भन्ने छलफल गर्न सभापति देउवाले बैठक बोलाएका हुन् । यसैगरी आफ्नै पार्टीका उपसभापति गुरुङमाथि सहकारीको बचत अपचलनको आरोप लागेको विषयमा पनि छलफल हुने छ ।

उपसभामुख रानाले पदीय मर्यादाविपरीत अमेरिका जानका लागि केही मानिसहरूलाई सिफारिस गरेर दूतावासलाई पत्र लेखेको भन्दै प्रतिनिधि सभामा प्रश्न उठेको छ ।

यस्तै, काङ्ग्रेस सांसद् धनराज गुरुङमाथि ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाको करिब १५ करोड रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ ।

गुरुङले भने सो सहकारी ठगी प्रकरणमा पूर्वश्रीमती ज्योति गुरुङले जोडिएकी र आफूहरूबीच २०७६ फागुनमै डिभोर्स भइसकेको भन्दै सो मामिलामा आफूलाई जोड्न नहुने तर्क गरेका छन् ।