• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo

सबैले आफ्नो भुमिका अनुरूप खेल्नेछन्– प्रशिक्षक मोन्टी



काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले आइसिसी विश्वकप लिग–२ को आगामी श्रृंखलामा हरेक खेलाडीले आफ्नो जिम्मेवारीअनुरुप भुमिका निर्वाह गर्ने बताउनुभएको छ ।

घरेलु मैदानमा भएको लिग–२ को पहिलो श्रृंखला सुखद् नभएको उल्लेख गर्दै प्रशिक्षक मोन्टीले क्यानडा र अमेरिकामा हुने दुई श्रृंंखलामा राम्रो नतिजा प्राप्त गर्ने आशा व्यक्त गर्नुभएको हो । नेपालले आइसिसी विश्वकप लिग–२ साइकलअनुरूपमा क्यानडामा दोस्रो र अमेरिकामा तेस्रो श्रृंखला खेल्दैछ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलवार आयोजना गरेको विदाई कार्यक्रममा प्रशिक्षक मोन्टीले यी श्रृंखलाका लागि क्यानले भारत र श्रीलंकामा व्यवस्थापन गरेको प्रशिक्षण क्याम्प उपयोगी सावित हुने आशा गर्नुभयो । यस क्रममा खेलाडीले फरकफरक प्रशिक्षकसँग सिक्ने अवसर पाएको उल्लेख गर्दै त्यहाँबाट सिकेका स—साना पक्ष आगामी खेलमा उपयोगी हुने उल्लेख गरेका हुन् । उहाँले जित र हार आफ्नो हातमा नभए पनि जितको मानसिकता हुनुपर्ने बताउनु भयो ।

क्यानले आइसिसी विश्वकप लिग–२ को श्रृंखलाका लागि क्यानाडा जाने टोलीको विदाई गरेको छ । मंगलवार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङलगायतको उपस्थिती थियो । नेपाली राष्ट्रिय टोलीका महत्वपूर्ण बलर सन्दीप लामिछानेले भारत र श्रीलंकामा गरेको अभ्यासले आगामी श्रृंखलामा मद्दत पुग्ने आशा व्यक्त गर्नुभयो । उहाँले आफ्नो टोली सन्तुलित रहेको पनि उल्लेख गर्नुभयो । लामो समयपछि एकदिवसीय टोलीमा फर्किएकाले खेल्न उत्साहित रहेको सन्दीपको भनाइ छ । व्यवसायिक खेलाडी भएपछि सबै किसिमको चुनौती सामना गर्न तयार हुनुपर्ने र त्यसैले आगामी श्रृंखलामा हुने हरेक चुनौतीका लागि सबै जना तयार रहेको सन्दीप बताउनु भयो ।

नेपालले आगामी सेप्टम्बर १६ देखि २० सम्म हुने एकदिवसीय श्रृंखलामा घरेलु टोली क्यानाडा र ओमानसँग खेल्दैछ । नेपालले सेप्टेम्बर १६ मा क्यानाडासँग खेल्दै श्रृंखलाको शुरुवात गर्नेछ । नेपालले सेप्टेम्बर १८ मा ओमान, २२ मा क्यानाडा र २४ मा ओमानको समाना गर्नेछ । एकदिवसीय श्रृंखलापछि यी तीनै टोली सम्मिलत ट्वान्टी–२० अन्तर्राष्ट्रिय श्रृंखला पनि हुनेछ । श्रृंखलामा नेपालले सेप्टेम्बर २८ र अक्टोबर १ मा क्यानाडा तथा सेप्टेम्बर २९ र अक्टोबर २ मा ओमानसँग खेल्नेछ ।

त्यसपछि नेपाल लिग–२ नै खेल्न अमेरिका प्रस्थान गर्नेछन् । अमेरिका, नेपाल र स्कटल्याण्डबीच त्रिकोणात्मक र ट्वान्टी–२० दुवै श्रृंखला हुनेछ । यसअघि सन्दीपले अमेरिका प्रवेशको भिसा पाएका थिएनन् । यद्यपि, यसपल्ट सकरात्मक सन्देश प्राप्त भएको र उनीमाथि लागेको आरोपबारे पनि पैmसला भएकाले सन्दीपले भिसा पाउनेमा आशावादी रहेको क्यानका सचिव पारस खड्काले बताउनु भयो ।

राखेपका सदस्यसचिव टंकलाल घिसिङले नेपाल र क्रिकेट पर्यायवाचीजस्तै भएको उल्लेख गर्दै देशलाई चिनाउने काम नेपाली क्रिकेट खेलाडीले देशलाई संसारभर चिनाएको बताउनु भयो ।

क्यानले यो भ्रमणका लागि जगत टमाटालाई सहाल्लाहकार प्रशिक्षकमा नियुक्त गरेको जानकारी दियो । नेपालले पहिलो श्रृंखला कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलेको थियो थियो । उक्त श्रृंखलामा नामिबियासँग दुवै खेल हारेको नेपालले नेदरल्याण्ड्ससँग समान एक जित र हारको नतिजा निकालेको थियो । नेपाली टोलीमा सन्दीपसँगै रोहितकुमार पौडेल ९कप्तान०, कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, अनिल साह, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल मल्ल, अर्जुन साउद, सोमपाल कामी करण केसी, गुल्शनकुमार झा, रिजन ढकाल र ललितनारायण राजवंशी छन् ।