१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर

सबैले आफ्नो भुमिका अनुरूप खेल्नेछन्– प्रशिक्षक मोन्टी

सबैले आफ्नो भुमिका अनुरूप खेल्नेछन्– प्रशिक्षक मोन्टी
अ अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले आइसिसी विश्वकप लिग–२ को आगामी श्रृंखलामा हरेक खेलाडीले आफ्नो जिम्मेवारीअनुरुप भुमिका निर्वाह गर्ने बताउनुभएको छ ।

घरेलु मैदानमा भएको लिग–२ को पहिलो श्रृंखला सुखद् नभएको उल्लेख गर्दै प्रशिक्षक मोन्टीले क्यानडा र अमेरिकामा हुने दुई श्रृंंखलामा राम्रो नतिजा प्राप्त गर्ने आशा व्यक्त गर्नुभएको हो । नेपालले आइसिसी विश्वकप लिग–२ साइकलअनुरूपमा क्यानडामा दोस्रो र अमेरिकामा तेस्रो श्रृंखला खेल्दैछ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलवार आयोजना गरेको विदाई कार्यक्रममा प्रशिक्षक मोन्टीले यी श्रृंखलाका लागि क्यानले भारत र श्रीलंकामा व्यवस्थापन गरेको प्रशिक्षण क्याम्प उपयोगी सावित हुने आशा गर्नुभयो । यस क्रममा खेलाडीले फरकफरक प्रशिक्षकसँग सिक्ने अवसर पाएको उल्लेख गर्दै त्यहाँबाट सिकेका स—साना पक्ष आगामी खेलमा उपयोगी हुने उल्लेख गरेका हुन् । उहाँले जित र हार आफ्नो हातमा नभए पनि जितको मानसिकता हुनुपर्ने बताउनु भयो ।

क्यानले आइसिसी विश्वकप लिग–२ को श्रृंखलाका लागि क्यानाडा जाने टोलीको विदाई गरेको छ । मंगलवार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङलगायतको उपस्थिती थियो । नेपाली राष्ट्रिय टोलीका महत्वपूर्ण बलर सन्दीप लामिछानेले भारत र श्रीलंकामा गरेको अभ्यासले आगामी श्रृंखलामा मद्दत पुग्ने आशा व्यक्त गर्नुभयो । उहाँले आफ्नो टोली सन्तुलित रहेको पनि उल्लेख गर्नुभयो । लामो समयपछि एकदिवसीय टोलीमा फर्किएकाले खेल्न उत्साहित रहेको सन्दीपको भनाइ छ । व्यवसायिक खेलाडी भएपछि सबै किसिमको चुनौती सामना गर्न तयार हुनुपर्ने र त्यसैले आगामी श्रृंखलामा हुने हरेक चुनौतीका लागि सबै जना तयार रहेको सन्दीप बताउनु भयो ।

नेपालले आगामी सेप्टम्बर १६ देखि २० सम्म हुने एकदिवसीय श्रृंखलामा घरेलु टोली क्यानाडा र ओमानसँग खेल्दैछ । नेपालले सेप्टेम्बर १६ मा क्यानाडासँग खेल्दै श्रृंखलाको शुरुवात गर्नेछ । नेपालले सेप्टेम्बर १८ मा ओमान, २२ मा क्यानाडा र २४ मा ओमानको समाना गर्नेछ । एकदिवसीय श्रृंखलापछि यी तीनै टोली सम्मिलत ट्वान्टी–२० अन्तर्राष्ट्रिय श्रृंखला पनि हुनेछ । श्रृंखलामा नेपालले सेप्टेम्बर २८ र अक्टोबर १ मा क्यानाडा तथा सेप्टेम्बर २९ र अक्टोबर २ मा ओमानसँग खेल्नेछ ।

त्यसपछि नेपाल लिग–२ नै खेल्न अमेरिका प्रस्थान गर्नेछन् । अमेरिका, नेपाल र स्कटल्याण्डबीच त्रिकोणात्मक र ट्वान्टी–२० दुवै श्रृंखला हुनेछ । यसअघि सन्दीपले अमेरिका प्रवेशको भिसा पाएका थिएनन् । यद्यपि, यसपल्ट सकरात्मक सन्देश प्राप्त भएको र उनीमाथि लागेको आरोपबारे पनि पैmसला भएकाले सन्दीपले भिसा पाउनेमा आशावादी रहेको क्यानका सचिव पारस खड्काले बताउनु भयो ।

राखेपका सदस्यसचिव टंकलाल घिसिङले नेपाल र क्रिकेट पर्यायवाचीजस्तै भएको उल्लेख गर्दै देशलाई चिनाउने काम नेपाली क्रिकेट खेलाडीले देशलाई संसारभर चिनाएको बताउनु भयो ।

क्यानले यो भ्रमणका लागि जगत टमाटालाई सहाल्लाहकार प्रशिक्षकमा नियुक्त गरेको जानकारी दियो । नेपालले पहिलो श्रृंखला कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलेको थियो थियो । उक्त श्रृंखलामा नामिबियासँग दुवै खेल हारेको नेपालले नेदरल्याण्ड्ससँग समान एक जित र हारको नतिजा निकालेको थियो । नेपाली टोलीमा सन्दीपसँगै रोहितकुमार पौडेल ९कप्तान०, कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, अनिल साह, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल मल्ल, अर्जुन साउद, सोमपाल कामी करण केसी, गुल्शनकुमार झा, रिजन ढकाल र ललितनारायण राजवंशी छन् ।