२५ भाद्र २०८३, बिहीबार
,
Latest
शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ धरानमा पहिलोपटक महिला अन्तर्राष्ट्रिय गोल्डकप हुँदै आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँः मानव अधिकार आयोग जनताको आवश्यकता अनुसार ग्यास दिनैपर्छ: आपूर्तिमन्त्री दीपककुमार साह लोमान्थाङमा भूकम्पबाट ३० घरमा क्षति बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छः राजदूत माओमिङ नेवार संस्कृति र पहिचान भूअतिक्रमणको शिकार बन्योः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ‘डि-रिस्किङ’ को पश्चिमा भाष्य चिर्दै चिनियाँ बजारमा विदेशी पुँजीको ओइरो खेलाडीको मिहेनतले एसियाली खेलकुदमा देशको शीर उचो हुनेछ– मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यकर्ता भर्ती गर्ने बाटो सहज बनाउन उपसभामुखबिरुद्ध महाअभियोग लगाउँदैछन्: अध्यक्ष लिङदेन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले संवैधानिक परिषद्मा सहज बहुमत पुर्‍याउन उपसभामुख इन्दिरा रानाबिरुद्ध महाअभियोग लगाउने तयारी गरिएको भन्दै बिरोध जनाउनुभएको छ ।

मंगलवार झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली काँग्रेस र नेकपा एमाले सहितका सत्तारुढ दलहरु संवैधानिक अंगहरुमा आफ्नो कार्यकर्ता नियुक्ति गर्न र अहिलेको संवैधानिक परिषद्को गणितलाई सहज बनाउन उपसभामुख हटाएर कार्यकर्ता नियुक्ति गर्ने तयारीमा लागेको बताउनु भयो । उहाँले जनताको असन्तुष्टि छताछुल्ल भइराख्दा पनि राजनीतिक दलहरु सच्चिने बाटोमा नगएको बताउनु भयो । उहाँले राजनीतिक दलहरु फेरि पनि जति सकिन्छ लुटौँ, खाआँै भन्ने बाटोमा गइरहेको आरोप लगाउनु भयो । उहाँले सत्तारुढ राजनीतिक दलका लागि देश प्राथमिकतामा नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मलाई सचेतकले भनिरहनुभएको थियो, काँग्रेस र एमालेको बैठक र सरसल्लाह के भइरहेको छ रे भने संवैधानिक अंगहरुमा आफ्नो कार्यकर्ता नियुक्ति गर्न अहिलेको संवैधानिक परिषद्को गणितले अफ्ठ्यारो पार्‍यो । बहुमत पुगेन रे । बहुमत नपुगेपछि बहुमत पुर्‍याएर आफ्नो कार्यकर्ता नियुक्ति गर्न के गर्नुपर्‍यो भन्दा उपसभामुख हटाउन महाअिभियोग लगाउनुपर्‍यो भनेर भनिरहेको छ । देश कहाँ गइरहेको छ । यत्रो परिवर्तन आइसक्दा, जनताको असन्तुष्टि यस प्रकार छताछुल्ल भइराख्दा पनि उनीहरु सच्चिने बाटोमा छैनन् । फेरि पनि जति सकिन्छ लुटौँ, जति सकिन्छ खाऔँ । सबै हामी खाऔँ भन्ने बाटोमा लागेका छन् । देश प्राथमिकतामा छैन उनीहरुको ।’

अध्यक्ष लिङदेनले गणतन्त्र, धर्म निरपक्षता र संघीयताको बोझ देशले बोक्न नसक्ने बताउनु भयो । यसको अन्त्य नगरी देशले स्थायित्व प्राप्त गर्न नसक्ने जिकिर गर्नुभयो । देश र धर्म जोगाउने अभियानमा राप्रपा हिँडेको बताउनु भयो । उहाँले आफू भ्रष्टाचार अनियमिततामा शुद्ध भएको भन्दै कुनैपनि अग्नि परीक्षा दिन तयार रहेको बताउनु भयो ।