७ जेष्ठ २०८२, बुधबार
,
Latest
गौरवको आयोजना छ वर्षदेखि अलपत्र ‘हार्ट ल्याम्प’ कथा सङ्ग्रहका लागि भारतीय लेखकलाई अन्तर्राष्ट्रिय बुकर पुरस्कार काठमाडौं प्रहरी परिसरबाटै थुनुवा फरार भएपछि… माओवादी लक्षित एमाले सांसदको कटाक्षः एउटा कर्मचारी हटाउँदा तीन दिनसम्म रुने बानी छ विशाल कार्यः पाकिस्तानमा क्षयरोग लागेका हात्तीका लागि दैनिक ४०० चक्की औषधि उत्कृष्ट ‘ढुकुर जोडी’लाई सम्मान गर्दै सुन्दरहरैँचा नगरपालिका सम्पती शुद्धीकरणको मामिलाः नेपालमा शंकास्पद कारोवार तथा गतिविधि झनै बढ्यो पाँच सय र एक हजारका नयाँ नोट छाप्ने नवनियुक्त गभर्नरको पहिलो निर्णय सुरु भयो स्वाँतका भिरमा यसयामको ‘हनिहन्टिङ’ ‘गभर्नर नियुक्तिलाई लिएर सरकार ढल्छ भनि चलाइएको हल्ला गभर्नर नियुक्तिसँगै शान्त भयो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पत्रकारले तथ्यमा आधारित भएर समाचार लेख्नुपर्ने’



अ+ अ-

देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन, सामाजिक न्याय र समाज रुपान्तरणका लागि पत्रकारले निरन्तर खबरदारी गर्नुपर्ने बताउनुभएको छ । पत्रकारले तथ्यमा आधारित रही समाचार लेख्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले पारदर्शीता, जवाफदेहीता र भ्रष्टाचार नियन्त्रणका लागि मिडिया क्षेत्रबाट खबरदारीको आह्वान गर्नुभयो । नेपाल पत्रकार महासङ्घ दाङ शाखाको आयोजनामा आज घोराहीमा मिडिया मन्थन पुस्तकको विमोचन गर्दै उहाँले तथ्यमा आधारित भएर सुधारका लागि आलोचना गर्न आह्वान गर्नुभएको हो । “सरकार सच्चिन चाहन्छ । कमीकमजोरी सच्याएर अगाडि बढने भएका कारण तथ्यमा आधारित भएर आलोचना गर्नुस्”, उहाँले भन्नुभयो ।

मुख्यमन्त्री आचार्यले आफ्नो नियतमा खोट नभएको, कमिकमजोरी भए सच्च्याउन तयार रहेको बताउनुभयो । राजनीतिक स्थायित्व कायम गर्न र आर्थिक अवस्था सुधार गर्न संयुक्त सरकार बनेकाले वर्तमान सरकारले जनतामा आशा जगाउन मुख्यमन्त्री र मन्त्रीका नाममा हुने फजुलखर्च नियन्त्रण गर्न आचारसंहिता बनाइएको स्पष्ट पार्नुभयो ।

लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्ड विक्रम न्यौपानेले विश्वसनीय सूचना र समाचार प्रवाहमा ध्यान दिन आग्रह गर्नुभयो । “पत्रकारितामा नयाँ आयाम थपिएको छ । विश्वसनीय सूचना र समाचारको अभाव हुन थाल्यो । एकतर्फी सूचनाले भ्रम छर्ने गरेको छ”, उहाँले भन्नुभयो, “समाज रुपान्तरणका लागि मिडिया क्षेत्रको भूमिका महत्वपूर्ण छ ।”

पत्रकार महासङ्घका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्का, प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी, घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसी, नेपाल पत्रकार महासङ्घका संस्थापक टीकाराम रेग्मीलगायतले समाजलाई सही दिशा प्रदान गर्न मिडियाको भूमिका महत्वपूर्ण रहने धारणा राख्नुभएको थियो ।