२२ भाद्र २०८३, सोमबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाउँपालिकाद्वारा झोलुङ्गे पुल पुन:निर्माण



अ+ अ-

सिन्धुपाल्चोक । यहाँको लार्के र इन्द्रावती नदीमा गत असार ३० मा आएको भीषण बाढीले पूर्णरुपमा क्षति पुयाएको झोलुङ्गे पुल पुन:निर्माण गरिएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोताङ र वडा नं २ याङ्ग्री जोड्ने झोलुङ्गे पुल गत असार ३० गते इन्द्रावती नदीमा आएको बाढीले क्षति पु(याएको थियो । बाढीले गाउँपालिकाको तीन वटा झोलुङ्गे पुलमा क्षति पुगेको थियो ।

बाढीले क्षति पु(याएको पुलमध्ये गाउँपालिकाकै स्रोतबाट चिण्डे र याङग्रीको पुल पुन:निमार्ण भईसकेको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो । बाढीले क्षति पु(याएको माकालमा भने मोटरेबल पुल निमार्ण गर्न बोलपत्र आह्वान गर्ने तयारी गरिएको अध्यक्ष लामाले बताउनुभयो ।

वडा नं २ को याङ्ग्री, सुनचौर, डाले, ब्राथोर, रिपार लगायतका स्थानीय हिँड्नका लागि प्रयोग हुने एकमात्र झोलुङ्गे पुलमा क्षति पुगेपछि समस्या भएको स्थानीय केशाङ तामाङले बताउनुभयो । तामाङका अनुसार विद्यार्थी, स्थानीय र धार्मिकस्थल आमायाङ्ग्री जाने पर्यटकलाई समस्या भएको थियो ।

पुलमा क्षति पुगेपछि सङ्घ र प्रदेश सरकारलाई पटक–पटक आग्रह गरेपनि सुनुवाइ नभएको गाउँपालिका अध्यक्ष लामाले बताउनुभयो । कतैबाट सुनुवाइ नभए पछि गाउँपालिकाकै स्रोत र साधनबाट पुल पुन: निमार्णको प्रक्रिया अगाडि बढाइएको उहाँको भनाइ छ ।

सो पुलमा विसं २०७८ असार १ गतेको बाढीलेसमेत क्षति पुर्‍याएको थियो । तात्कालीन अवस्थामा गाउँपालिकाले बजेट विनियोजन गरी पुल निमार्ण गरिएको थियो । त्यसको तीन वर्ष नबित्दै पुन: बाढीले क्षति पुर्‍याएको हो । एक सय ६२ मिटर लामो पुल रु ३४ लाख लागतमा पुन:निर्माण गरिएको छ । त्यस्तै वडा नं १ र ६ जोड्ने चिण्डे ६५ मिटर लामो पुल रु १३ लाखमा निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।