२५ कार्तिक २०८२, मंगलवार
,
Latest
च्याङ्ग्रापालनबाट वार्षिक पाँच लाख आम्दानी भुटानमा जलविद्युत् परियोजनाको उद्घाटन गर्न प्रधानमन्त्री मोदीको उच्चस्तरीय भ्रमण रैथाने बाली संरक्षणमा प्रदेश सरकार उच्चस्तरीय आर्थिक सुधार आयोगले दिएको सुझावहरू कार्यान्वयन गर्न थालिसकेको छुः अर्थमन्त्री खनाल सन्नी देओलको आग्रह– “धरमजी स्थिर र निगरानीमा हुनुहुन्छ, कृपया अफवाह नफैलाउनुहोस्” ‘सिडिओ’ पैदलै गाउँमा आएपछि… व्यावसायिक तरकारीखेती गरेर आत्मनिर्भर बन्दै मुक्तकमैया भोजपुरमा पशुमा खोरेत रोगविरुद्ध खोप अभियान सुरु पाटन दरबार क्षेत्रमा आगलागी आपत्कालिन सूचना प्रणाली जडान कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा रवि लामिछानेलाई कालो झण्डा



अ+ अ-

पोखरा । पोखरा सहकारी बचतकर्ताले रास्वपा सभापति रवि लामिछानेलाई कालो झन्डा देखाएका छन् ।

पार्टीको प्रदेश विस्तारित बैठकमा सहभागि हुन पोखरा आएका लामिछानेलाई सहकारी बचतकर्ताले कालो झन्डासहित नाराबाजी गरेका हुन् ।

पोखरा महानगरपालिका–१७ बिरौटास्थित ग्यालेक्सी ब्यांक्वेटबाहिर सूर्यदर्शन सहकारी संस्थाका वचतकर्ताले प्रदर्शन गरेका हुन् ।

उनीहरुले ‘सहकारी ठगलाई राजनीतिक संरक्षण, कसले गर्छ हाम्रो वचतको संरक्षण’, प्रहरी प्रशासनको दुरुपयोग बन्द गरजस्ता नारा लगाएका छन् । उनीहरुले गोर्खा मिडिया प्रालिमा सूर्यदर्शन सहकारीबाट लगिएको रकम फिर्ता माग गरेका छन् ।

ब्यांक्वेट क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । सहकारी पीडितको प्रदर्शनकाबिच रविलाई सुरक्षा दिएर कार्यक्रम हलमा पुर्‍याइएको छ ।