३० असार २०८२, सोमबार
,
Latest
मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु संघीय मन्त्रालयले गर्‍यो ११ उपसचिवको सरुवा, को कहाँ पुगे (सूचीसहित) मन्त्रीका छोराको कार ठक्करपछि युवक गम्भीर घाइते, काठमाडौं रेफर विद्यालय अध्यक्षमाथिको दुर्व्यवहार प्रकरणमा राजनीतिक संलग्नता: तीन अभियुक्त पक्राउ अमेरिकी भन्सार नीतिले युरोप–अमेरिका व्यापार वार्तामा बाधा माडीमा रेबिजको सङ्क्रमण बढ्दो बिमा प्राधिकरणका अध्यक्ष ओझामाथि छानबिन गर्न न्यायिक समिति गठन पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल कोशी प्रदेशका सबै जिल्ला पूर्णखोप सुनिश्चिता घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस उपसभापति गुरुङमाथि सहकारी ठगीको आरोप



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङमाथि सहकारीको रकम दुरुपयोग गरेको आरोप लागेको छ । गुरुङले सहकारीको रकम हिनामिना गरेको भन्दै छानबिन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा उजुरी परेको छ । योसँगै संसद्मा समेत प्रश्न उठेको छ ।

धनराजकी श्रीमती ज्योति गुरुङ ललितपुरको मितेरी सहकारीको महाप्रबन्धक रहेका बेला रकम हिनामिना गरेको आरोपमा सीआईबी उजुरी परेको हो । ज्योतिले १४ करोड ८१ लाख रकम दुरुपयोग गरेको र त्यसमा धनराजको पनि संलग्नता रहेको भनी उक्त रकम उठाउने वातावरण बनाइदिन सहकारीका अध्यक्ष कुम्भराज गुरुङले प्रहरीमा उजुरी दिएका हुन् ।

ज्योतिलाई पक्राउ गर्न रेडकर्नर नोटिस जारी गरी नेपाल ल्याएर उनको सम्पत्ति बेचेर भए पनि सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने वातावरणको माग उजुरीमा गरिएको छ ।

धनराज र ज्योति मिलेर रकम हिनामिना भएको चाल पाएपछि सहकारीका बोर्ड सदस्य मिलेर दुवैसँग छलफल गरी कागज गराएको प्रमाण सहकारीसँग रहेको दाबी अध्यक्ष कुम्भराजले गरेका छन् ।

गुरुङमाथि सत्ताको आडमा अनुसन्धान नभएको भन्दै संसद्मा पनि प्रश्न उठेको छ । सोमबार संसद्को बैठकमा रास्वपा सांसद गणेश पराजुलीले गुरुङमाथि छानबिन हुन्छ कि हुन्न भनेर प्रश्न गरेका छन् ।

सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिमा पनि मितेरीका अध्यक्ष गुरुङले बयान दिएका थिए । बयानका क्रममा पनि उनले सहकारी बचत अपचलनको सबै विषय राखिएका थिए ।

सहकारीको रकम अपचलनको आरोप लागेपछि कांग्रेसका उपसभापतिसमेत रहेका सांसद गुरुङले भने त्यसको खण्डन गरेका छन् । उनले विज्ञप्ति जारी गर्दै श्रीमतीले लिएको ऋणको विषयमा आफूलाई जानकारी नभएको र उनीसँग २०७६ फागुनमा ललितपुर जिल्ला अदालतमा सम्बन्धविच्छेद गरेको उनले स्पष्ट पारेका छन् ।