७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने News Polar भोटेकोशी बाढीपछि पुनर्निर्माणमा युवा शक्ति परिचालन गर्न सांसद बुढामगरको माग

कांग्रेस उपसभापति गुरुङमाथि सहकारी ठगीको आरोप

कांग्रेस उपसभापति गुरुङमाथि सहकारी ठगीको आरोप
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङमाथि सहकारीको रकम दुरुपयोग गरेको आरोप लागेको छ । गुरुङले सहकारीको रकम हिनामिना गरेको भन्दै छानबिन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा उजुरी परेको छ । योसँगै संसद्मा समेत प्रश्न उठेको छ ।

धनराजकी श्रीमती ज्योति गुरुङ ललितपुरको मितेरी सहकारीको महाप्रबन्धक रहेका बेला रकम हिनामिना गरेको आरोपमा सीआईबी उजुरी परेको हो । ज्योतिले १४ करोड ८१ लाख रकम दुरुपयोग गरेको र त्यसमा धनराजको पनि संलग्नता रहेको भनी उक्त रकम उठाउने वातावरण बनाइदिन सहकारीका अध्यक्ष कुम्भराज गुरुङले प्रहरीमा उजुरी दिएका हुन् ।

ज्योतिलाई पक्राउ गर्न रेडकर्नर नोटिस जारी गरी नेपाल ल्याएर उनको सम्पत्ति बेचेर भए पनि सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने वातावरणको माग उजुरीमा गरिएको छ ।

धनराज र ज्योति मिलेर रकम हिनामिना भएको चाल पाएपछि सहकारीका बोर्ड सदस्य मिलेर दुवैसँग छलफल गरी कागज गराएको प्रमाण सहकारीसँग रहेको दाबी अध्यक्ष कुम्भराजले गरेका छन् ।

गुरुङमाथि सत्ताको आडमा अनुसन्धान नभएको भन्दै संसद्मा पनि प्रश्न उठेको छ । सोमबार संसद्को बैठकमा रास्वपा सांसद गणेश पराजुलीले गुरुङमाथि छानबिन हुन्छ कि हुन्न भनेर प्रश्न गरेका छन् ।

सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिमा पनि मितेरीका अध्यक्ष गुरुङले बयान दिएका थिए । बयानका क्रममा पनि उनले सहकारी बचत अपचलनको सबै विषय राखिएका थिए ।

सहकारीको रकम अपचलनको आरोप लागेपछि कांग्रेसका उपसभापतिसमेत रहेका सांसद गुरुङले भने त्यसको खण्डन गरेका छन् । उनले विज्ञप्ति जारी गर्दै श्रीमतीले लिएको ऋणको विषयमा आफूलाई जानकारी नभएको र उनीसँग २०७६ फागुनमा ललितपुर जिल्ला अदालतमा सम्बन्धविच्छेद गरेको उनले स्पष्ट पारेका छन् ।