८ असार २०८३, सोमबार
,
Latest
रास्वपाको बन्द सत्र स्थगित, प्रतिनिधि विवाद टुंग्याउन छलफल जारी जिप्रका रूपन्देहीद्वारा २७ हजार ४६२ नागरिकता वितरण ट्रक महासंघसहित यातायात व्यवसायीको माग सम्बोधन, एलसी खोलिएका सवारी दर्ता हुने सरकारले किसानको हितमा काम गर्ने : मुख्यमन्त्री यादव ई–पासपोर्ट छपाइ ठेक्का प्रकरण : अख्तियारले आरजु राणा देउवासहित १८ जनाविरुद्ध मुद्दा चलाउने चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि शिक्षामन्त्री सस्मित पोखरेलले रास्वपा केन्द्रीय सदस्यमा गरे उम्मेदवारी घोषणा उपराष्ट्रपति यादव र श्रीलंकाली राजदूतबीच शिष्टाचार भेटवार्ता रास्वपामा महाधिवेशन प्रतिनिधि सङ्ख्या बढ्यो, ४५ सय पुग्ने मदन भण्डारी मेमोरियल कलेजले सप्ताहव्यापी रजत महोत्सव कार्यक्रम गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेदो माटोले नौबिसे नागढुङ्गा सडक दुईतर्फि अवरुद्ध



अ+ अ-

मलेखु । त्रिभुवन राजपथअन्तर्गत नौबिसे नागढुङ्गा सडकखण्ड लेदोसहितको पहिराले अवरुद्ध भएको छ ।

धादिङको धुनिबेसी नगरपालिका–९ सुरुङमार्ग नजिक सडकमाथिबाट खसेको लेदो माटोले सडक दुईतर्फि अवरुद्घ भएको हो । लुम्बिनी प्रदेश ०१००१ ज ०००५ नम्बरको स्कार्पियो जिम लेदोमा फसेको छ ।

निरन्तरको वर्षातसँगैको लेदोले सडक अवरुद्घ हुँदा सवारीको जाम लागेको छ । काठमाडौँबाट पूर्व–पश्चिमका जिल्लातर्फ छुटेको यात्रु बससहित साना ठूला सबै सवारी सडकमै रोकिएका छन् ।

राजमार्गमा ठूलो मात्रामा लेदो थुप्रो लागेकोले खुलाउन पाँच घण्टाभन्दा बढी समय लाग्ने जिल्ला प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । निरन्तर पानी परिरहेकाले लेदो पन्छाउन कठिनाइ भइरहेको उहाँले जानकारी दिनुभयो । रासस