१९ श्रावण २०८३, मंगलवार
,
Latest
मुलुकलाई कसैको प्लेग्राउण्ड बन्न नदिन पनि एउटा सशक्त गुप्तचर निकाय आवश्यकः अमरेशकुमार सिंह सभामुख अर्यालसँग युरोपेली संघकी राजदूत लोरेन्जोको बिदाइ शिष्टाचार भेट हिन्दु सम्राट् सेनाप्रति सांसद राईको आपत्ति, सरकारलाई कडा कदम चाल्न आग्रह विभिन्न २१ मुलुक र मिसनमा राजदूत नियुक्त गरिँदै सुदूरपश्चिमका विकास आयोजना र स्थानीय समस्या समाधान गर्न रास्वपा सांसदहरूको प्रधानमन्त्रीसँग आग्रह गोली चलाउने प्रवृत्ति अन्त्य गर्न सरकारसँग अमरेश सिंहको आग्रह युवालाई सही मार्गमा ल्याउन सके सवारी दुर्घटना न्यूनीकरण गर्न सकिन्छः मुख्यमन्त्री आचार्य सुस्तामा भारतीय एसएसबी नेपाली भूमिमा प्रवेश गरेको विषयमा एमालेले माग्यो सरकारसँग जवाफ राष्ट्रिय अनुसन्धान विभागलाई कुन निकाय मातहत राख्ने भन्दा पनि सशक्त बनाउनु मुख्य विषयः सांसद पोखरेल मुलुकका पाँच सडकखण्ड अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सद्भाव कायम राख्न जेष्ठ सदस्यको ठूलो योगदानः अध्यक्ष लिङ्देन



अ+ अ-

मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङले आज यहाँ ज्येष्ठ सदस्यलाई सम्मान एवं पार्टी प्रवेशीलाई स्वागत कार्यक्रम आयोजना गरेको छ ।

पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले ८० बर्षभन्दा माथिका ज्येष्ठ सदस्यलाई सम्मान गर्दै समाजमा सामाजिक सदभाव कायम राख्न एवं जनताको भरोसा योग्य पार्टी बनाउन उहाँहरुको ठूलो योगदान रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मुलुकलाई समृद्ध बनाउन पार्टीले सङ्कल्प लिएको छ ।” अध्यक्ष लिङ्गदेनले पार्टीको मुख्य उद्देश्य देश र धर्म जोगाउनु रहेकाले पार्टीमा लाग्दा कोही कसैलाई कुनै पश्ताचाप नहुने विचार राख्नुभयो ।

उहाँले पार्टीलाई शक्तिशालीे बनाउन गाउँगाउँमा संगठन विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । पार्टीका महामन्त्री प्रल्हादप्रसाद साह र मोरङ अध्यक्ष गोपाल कटुवालले आगामी निर्वाचनमा पार्टीको नेतृत्वमा सरकार गठन गर्न अहिलेदेखि जनताका ज्वलन्त समस्या उठान गर्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

कार्यक्रममा एक सय ७५ पार्टीका ज्येष्ठ सदस्यलाई सम्मान एवं विभिन्न पार्टी परित्याग गरी आउनेलाई स्वागत गरिएको थियो ।




भर्खरै