१९ श्रावण २०८३, मंगलवार
,
Latest
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सञ्चारकर्मीलाई प्रवेश निषेध, पर्यटन विधेयकमाथि छलफल उपभोक्ताले आधा सिलिण्डर ग्यास नभरिदिँदा अहिले समस्या देखियोः उद्योगसचिव दुवाडी राष्ट्र बैंक ऐन संशोधनमा सांसदबीच मतभेद, डेपुटी गभर्नरको संख्या र अर्थ सचिवको भूमिकामा फरक धारणा नेपाली नेत्र विशेषज्ञद्वारा बङ्गलादेशको ठाकुरगाँवमा निःशुल्क आँखा शिविर रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन प्रदेश सरकारको नेतृत्व परिवर्तनमा एमाले नेता भट्टराईको असन्तुष्टि, ‘साटसुट र शक्तिको भाषा किन?’ मिसिलमा क्षति पुगेका कारण लक्ष्यअनुसारको मुद्दा फछ्र्योट हुन कठिन आकस्मिक बाढीको आज मध्यम जोखिम अनशनरत नर्स रानाभाटको समर्थनमा स्वास्थ्यकर्मीद्वारा प्रदर्शन, १५ बुँदे माग सम्बोधन गर्न आग्रह (तस्बिरसहित) २० अर्ब लागतको नारायणगढ–बुटवल सडक आयोजना अन्तिम चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रको केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श बैठक सुरु



अ+ अ-

उदयपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय सदस्य र कोशी प्रदेश पार्टी पदाधिकारीको परामर्श बैठक सुरु भएको छ । उदयपुरको बेलका नगरपालिका–८ रामपुमा एकदिने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श बैठक सुरु भएको हो ।

आजको बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा सुरु भएको माओवादी केन्द्र कोशी प्रदेशका इञ्चार्ज हरिबोल गजुरेलले बताउनुभयो । बैठकमा पार्टीका महासचिव देव गुरुङ, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा पनि उपस्थित हुनुहुन्छ ।

पार्टीको एकदिने परामर्श बैठकमा सङ्गठन सुदृढीकरण र समसामयिक राजनीतिक विषयमा छलफल हुने माओवादी केन्द्रका केन्द्रीय सदस्य सुरेश राईले जानकारी दिनुभयो । प्रदेशका पार्टी पदाधिकारीसहित पार्टीभित्र रहेका भ्रम चिर्न र पार्टी कार्यकर्तालाई गोलबन्द बनाउन बैठकले जोड दिने नेता गजुरेलले बताउनुभयो । बैठक आज साँझ सम्पन्न हुने जनाइएको छ ।




भर्खरै