२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

मोइन अलीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए

मोइन अलीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए
अ अ+ अ-

एजेन्सी । इंग्ल्याण्डका अलराउन्डर मोइन अलीले अन्तर्राष्ट्रिय क्रिकेटका सबै फर्म्याटबाट सन्यास लिएका छन् । अष्ट्रेलियाविरुद्धको सेतो बल सिरिजमा इंग्लिस टोलीमा मौका नपाएपछि ३७ वर्षीय अलराउन्डरले यो निर्णय लिएका हुन् ।

२०१९ मा एकदिवसीय विश्वकप र २०२२ मा टी–२० विश्वकप जितेका ३७ वर्षीय मोइनले डेली मेललाई दिएको अन्तर्वार्तामा भने, ‘म ३७ वर्षको भएँ र यसै महिना अस्ट्रेलियाविरुद्धको सिरिजका लागि छनोट भइनँ । मैले इङ्ल्यान्डका लागि धेरै क्रिकेट खेलेको छु । अब यो अर्को पुस्ताको लागि समय हो, जुन मलाई भनिएको थियो । मलाई लाग्यो कि यो सही समय हो । मैले मेरो काम गरेको छु ।’

मोइनले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल टी–२० विश्वकप २०२४ मा खेलेका थिए । गुयानामा भारतसँगको सेमिफाइनल खेलमा इंग्ल्याण्डले हार बेहोरेको थियो ।

मोइन अलीले सन् २०२१ मा सन्यासको घोषणा पनि गरेका थिए । दुई वर्षपछि, २०२३ मा, उनी टेस्ट क्रिकेटबाट सन्यास लिएर फर्किए । त्यसपछि उनलाई ज्याक लिचको स्थानमा एसेज सिरिजका लागि छनोट गरिएको इंग्लिस टोलीमा समावेश गरियो ।

मोइनले टेस्ट कप्तान बेन स्टोक्स, इंग्ल्यान्डका मुख्य प्रशिक्षक ब्रेन्डन म्याकुलम र इङ्ल्यान्ड क्रिकेटका प्रबन्ध निर्देशक रोबर्ट कीजसँग कुरा गरेपछि यो निर्णय लिएका हुन् ।

मोइन अलीले सन् २०१४ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । अलराउन्डरका रूपमा उनले ६८ टेस्ट, १३८ एकदिवसीय र ९२ टी(२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले इंग्ल्याण्डका लागि सबै फर्म्याटमा ८ शतक र २८ अर्धशतक सहित ६६७८ रन र ३६६ विकेट लिएका छन् ।