• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo
Latest
★   परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान ★   टस जितेर नेपालले क्यानडालाई दियो ब्याटिङको निम्तो, सुरुवाती–११ मा को–को छन् ? ★   लगानी फिर्ताका लागि सार्थक पहल गर्नुस् : उपप्रधानमन्त्री पौडेल ★   खोला किनारको २० मिटर विवादः सरकारद्वारा पुनरावलोकन निवेदन दर्ता ★   वन मन्त्री शाहीसंग कोलोम्बिया राजदुत बीच शिष्टचार भेट ★   सुदूरपश्चिम सरकारले ल्यायो साढे ३१ अर्ब ६२ करोड ९८ लाखको बजेट ★   एनआरएन विवादमा मिसिल झिकाउने आदेश ★   भावी प्रधान न्यायाधीशमा राउत सिफारिस ★   ‘जलवायुका असर न्यूनीकरण गर्न निजी क्षेत्रसँग सहकार्य आवश्यक’ ★   नेपाल–अमेरिका टिफा बैठकः द्विपक्षीय व्यापार र लगानी विस्तारबारे छलफल

पेन्या बार्सा दी एभरेस्टलाई नेपालको बार्सिलोनाको आधिकारिक समर्थक क्लबको मान्यता



काठमाडौँ । बार्सिलोना फ्यान क्लब नेपाल (बार्सा नेपाल) का रूपमा परिचित पेन्या बार्सा दी एभरेस्टले स्पेनिस क्लब एफसी बार्सिलोना आधिकारिक पेन्या (समर्थक क्लब) को रूपमा आफ्नो दर्ता पूरा गरेको छ ।

सन् २०१३ मा स्थापना भएको एफसी बार्सिलोना समर्थक समूहले विगत एक दशकदेखि च्यारिटी कार्यक्रमहरू, फुटबल प्रतियोगिता र देशभरि विभिन्न सामाजिक सेवाका गतिविधिहरू गर्दै आइरहेको छ।

क्लबले राजधानीमा एक कार्यक्रम आयोजन गर्दै पूर्वनेपाली राष्ट्रिय फुटबल खेलाडी विक्रम लामाको साथमा आधिकारिक रूपमा पेन्या बार्सा दी एभरेस्टको नयाँ लोगो प्रस्तुत गरेको छ।

कार्यक्रममा १०० भन्दा बढी नेपाली बार्सिलोना समर्थक उपस्थित थिए। कार्यक्रममा हरि खड्का, गौरव बस्नेत र राष्ट्रिय महिला भलिबल खेलाडी उषा भण्डारीले पनि उपस्थिति जनाएका थिए।

सदस्यहरूलाई बार्सिलोनाबाट आएको मायाको चिनो सहित पेन्या बार्सा दी एभरेस्टका क्यापहरू प्रदान गरिएको थियो।

पेन्या बार्सा दी एभरेस्टलाई एफसी बार्सिलोनाको आधिकारिक समर्थक क्लबको मान्यता दिइनुले नेपालका फुटबल समर्थकहरूका लागि एक महत्वपूर्ण उपलब्धि भएको क्लबको भनाइ छ।