३ बैशाख २०८२, बुधबार
April 16, 2025 Wednesday

24.27°C

काठमाडौं

24.27°C

Kathmandu

Feels-like: 24.24

Wind: 2.57

Humidity: 57

Latest
च्याम्पियन्स लिगः रियल र आर्सनल आमनेसामने, इन्टरसँग बदला लिने दाउमा बायर्न नेपालमा पूर्वराजा शाहको कुनै अस्तित्व छैनः अध्यक्ष ठाकुर प्रधानमन्त्रीसमक्ष आगामी नीति तथा कार्यक्रमका लागि एमालेद्वारा सुझाव पेस चिनियाँ राष्ट्रपति सी र मलेसियाली नेताबीच भेटवार्ता चिकित्सा शिक्षा आयोगको बैठक: मेडिकल कलेजको सिट संख्या र शुल्क पुनरावलोकनका लागि कार्यदल गठन ‘विद्यालय शिक्षा विधेयकका शिक्षक माग सम्बोधन हुनेगरी ल्याइने’ बजेट अधिवेशनमा शिक्षा विधेयक टुङ्ग्याउन सम्भव छैनः सभामुख तराई–मधेस जागरण अभियान आजदेखि पुनः सुरू प्रभु बैंक र गोरखा गार्डन होटलबीच सम्झौता नेप्से परिसूचक सात अङ्कले बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ मापदण्ड अन्तर्गतका कुनै घर भत्किने छैन: बालेन



Mayor Balen Shah
अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ मापदण्डअनुसार खोला किनारका घर नभत्किने बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै बालेनले नयाँ मापदण्ड अनुसार बनेका महानगरका कुनै पनि घर नभत्किने र यदि भत्काउनै परे सरकारले मुअब्जा दिनुपर्ने बताएका हुन् ।

‘तपाईं को नयाँ मापदण्ड अन्तर्गत पर्ने घर कुनै भत्किने छैन निस्चिन्त रहनुहोस भत्काउनै परे मुआब्जा दिनुपर्छ सरकारले, ५० वर्ष पहिलेको तिनकुने को मुआब्जा दिन नसक्ने सरकारले तपाईंलाई दिन नि सक्दैन भत्काउन नि सक्दैन’, उनले भनेका छन् ।’

यस्तै, बालेनले कानुन परिवर्तनका लागि संघीय सरकारलाई दबाब दिन आग्रह गरेका छन् । उनले खोलाको मापदण्ड र कानुन आफैं बनाउने राजनीतिक दलले अहिले जनतालाई उचाल्ने काम भइरहेको आरोप गरेका छन् ।

बालेनको स्ट्याटस यस्तो छ:

आफै बोक्सी , आफै धामी ।
१) कानुन बनाउने कसले हो ?
२) सरकारको नेतृत्व कसले गरेको हो ?
३) अदालतमा न्यायाधीश नियुक्त गर्ने न्याय परिषद को छ ?
खोलाको मापदण्ड र कानुन आफै बनाउने, आफै सहभागी भएको परिषद् देखि न्यायाधीश आउने । सरकार आफ्नै । कानुन बनाउने र संशोधन गर्ने अधिकार आफ्नै। अनि, भएको कानुन र फैसलालाई कार्यान्वन गर्दा दोष जति काठमाडौ महानगरलाई ? गलत जानकारी दिएर जनतालाई उचाल्ने काम बन्द गरौँ ।
तपाईंहरु न्याय खोज्नु हुन्छ भने काठमाडौ महानगरलाई गाली गरेर तपाइले न्याय पाउनु हुन्न । तपाइकै नेतालाई प्रश्न गर्नु होला, यस्तो कानुन किन बनाइस् भनेर । निकास दे भनेर आफ्नै नेतालाई भन्नु होला ।
अन्त्यमा ,
तपाइँ को नयाँ मापदण्ड अन्तर्गत पर्ने घर कुनै भत्किने छैन निस्चिन्त रहनुहोस भत्काउनै परे मुआब्जा दिनु पर्छ सरकारले ,५० बर्ष पहिलेको तिनकुने को मुआब्जा दिन नसक्ने सरकारले तपाइँलाइ दिन नि सक्दैन भत्काउन नि सक्दैन । तपाइँको लागि हामी छ्दै छौ , केन्द्र सरकारलाई दबाब दिनुहोस नियम परिवर्तनको लागि । जब नियम परिवर्तन हुन्छ हामी सोही अनुसार फेरि सुचना जारी गरि हाल्नेछौ त्यतिनजेल कोहि नठ्गियोस भन्ने चाहना मात्र हो हाम्रो ।