६ असार २०८३, शनिबार
,
Latest
पूर्वीय दर्शनलाई अनुसन्धानको मूल आधार बनाउनुपर्छ हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता बजेटका बारेमा जलेश्वर नगरपालिकामा तनाव,जनप्रतिधिहरु नै उत्रिए तोडफोडमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुर अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु



अ+ अ-

चितवन । चितवनको भरतपुर अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । शुक्रबार बिहान उनीहरुको मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिएका हुन् । 

भरतपुर महानगरपालिका–१७ बस्ने ७७ वर्षीय पुरुषको विहान सवा पाँच बजे र मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० बस्ने ५७ वर्षीया महिलाको बिहान ६ बजे मृत्यु भएको पौडेलले जानकारी दिए ।

भरतपुर–१७ का वृद्ध मंसिर ३ गते कोरोना संक्रमण पुष्टि भएपछि ६ मंसिरमा कोभिड आइसियूमा राखेर उपचार गरिएको थियो । हेटौंडा–१० की ५७ वर्षीया महिलालाई मंसिर ८ गते कोरोना संक्रमण पुष्टि भएपछि बिहीबार नै कोभिड आइसियुमा राखेर उपचार थालिएको थियो ।