६ असार २०८३, शनिबार
,
Latest
पूर्वीय दर्शनलाई अनुसन्धानको मूल आधार बनाउनुपर्छ हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता बजेटका बारेमा जलेश्वर नगरपालिकामा तनाव,जनप्रतिधिहरु नै उत्रिए तोडफोडमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेटसम्बन्धी समस्या देखिएपछि नेकपा नेता पन्त अस्पताल भर्ना



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीका सदस्य रघुजी पन्त अस्पताल भर्ना भएका छन् । काठमाडौं मोडल अस्पतालमा उहाँ भर्ना हुनुभएको छ ।  
पन्तलाई पेटसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना गरिएको जानकारी नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले दिनुभएको हो । 

चिकित्सकले नेता पन्तलाई केही दिन अस्पतालमा राखिने उपचार गर्नुपर्ने बताएको छ । नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले नेता पन्तलाई स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ । समाजिक सञ्जालमार्फत रिजालले नेता पन्तलाई स्वास्थ्यलाभको कामना गर्नुभएको हो । 

विष्णु रिजाल- 'नेकपा स्थायी कमिटी सदस्य आदरणीय दाइ रघु पन्त पेटसम्बन्धी समस्याका कारण काठमाडौं मोडल अस्पताल भर्ना हुनुभएको छ । म उहॉको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।'