२ भाद्र २०८३, मंगलवार
,
Latest
विदेशस्थित नेपाली नियोगका भवन निर्माण प्रक्रिया अघि बढाउँदै सरकार नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन सरकार सक्रिय छः पर्यटनमन्त्री पौडेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज लघुवित्तपीडितको धर्नास्थल पुल्चोक जाने प्रधानमन्त्री बालेन शाहद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त ३५० को सामान किन्दा १० लाख जित्ने तुल पुडासैनी, १ लाख क-कसले जिते ? विद्युत निर्यात र आन्तरिक वितरण प्रणालीबारे संसदमा मन्त्री श्रेष्ठको प्रष्टीकरणः पूर्वाधार सुधारलाई प्राथमिकता दिने प्रतिवद्धता नेपाली कम्युनिस्ट पार्टी बागमती प्रदेशको एकता बैठक तथा प्रशिक्षण शुरु अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आयल निगमकाे आग्रह औद्योगिक सुरक्षा बल स्थापना गर्ने लक्ष्यसहित सरकारद्वारा ‘निजी लगानी संरक्षण तथा प्रवर्द्धन रणनीति’ कार्यान्वयनमा सत्तारुढ सांसद धितालले भनिन्–‘सरकारलाई ‘नागरिकको सरकार’ भएको अनुभूति गराउ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमाली क्षेत्रमा आलु उत्पादन घट्यो



अ+ अ-

ताप्लेजुङ। फक्ताङलुङ गाउँपालिका–६ घुन्सासहितका हिमाली क्षेत्रमा आलु उत्पादन न्यून हुँदै गएको छ । केही वर्ष यतादेखि उत्पादन घट्दै गएकोमा यस वर्ष उत्पादन शून्यजस्तै बनेको छ । आलु उत्पादन हुने घुन्सा, फले, ग्याब्ला, आम्जिलेसालगायतका क्षेत्रमा उत्पादन नहुँदा आउने मौसमका लागि अन्यत्रैबाट बीउ खोजेर ल्याउनुपर्ने अवस्था आएको स्थानीयबासीले बताएका छन् ।

 “सधैँ खम्बाचेन, घुन्सामा उत्पादित आलु फलेमा लगेर भण्डारण गरिन्थ्यो, त्यहाँसम्म तल्लो भेगका मानिस कोदो, मकैजस्ता अन्न लिएर साट्न आउँथे र आलु लिएर फर्किन्थे । यस वर्ष बीउ राख्न पनि पाइएन । ”घुन्साका हिमाली चुङदाकले भन्नुभयो । उहाँका अनुसार आलु उत्पादन हुने अधिकांश क्षेत्र खर्कमा परिणत हुन थालेका छन् । “आलु फल्न छाडेपछि खम्बाचेन र फलेका केही भाग खर्कमा परिणत भएका छन्, घुन्सामा यस वर्ष एक मुरी बीउ रोप्दा दश पाथी पनि राम्रो आएन, यस्तै अवस्था रहिरहे हिमाली क्षेत्रका बासिन्दालाई समस्या आउने देखिन्छ”, उहाँले भन्नुभयो । सदरमुकामबाट झण्डै तीन दिनको पैदल दूरीमा पर्ने घुन्सालगायतका बासिन्दा पशुपालनसँगै आलुखेती गर्छन् ।

 विगतमा वर्षभर पुग्ने अन्नपात आलुले नै जुटाउने घुन्सावासी यो वर्ष आफैँका लागि छ दिनसम्मको समय खर्चेर याङ्मादेखि आलु बोक्न बाध्य बने । “आफू पनि खानु पर्‍यो, आउने पर्यटकलाई पनि खुवाउनै पर्‍यो, यो वर्ष आलु नफल्दा याङ्मादेखि पनि ल्यायौँ”, स्थानीयबासी टाँसी शेर्पाले भन्नुभयो । करिब तीन हजार ४०० मिटरको उचाइमा पर्ने घुन्सामा मात्र एक सिजनमा १०० मुरीभन्दा बढी आलु उत्पादन हुन्थ्यो । आसपासका बस्तीमा उत्तिकैरुपमा उत्पादन हुन्थ्यो तर क्रमशः घट्दै गएपछि कतै जमिन बाँझो छन् भने कतै बस्तु चराउने खर्क बन्दै गएको देखिन्छ । विशेष गरी फले क्षेत्र बाँझोमा परिणत भएको देखिन्छ । सो क्षेत्रमा घुन्सावासीले नै आएर आलुखेती गर्थे । खम्बाचेन, घुन्सामा उत्पादित आलु पनि फलेमा नै लगेर भण्डारण गरिन्थ्यो । त्यहाँसम्म तल्लो भेगका मानिस कोदो, मकै बोकेर आलु लिन दुई दिनसम्म हिँडेर जान्थे । यसरी आलुसँग कोदो र मकै साटेर हिमाली क्षेत्रका मानिसले खाद्यान्नको जोहो गर्थे ।

कतिपयले बेचेर घर खर्च जुटाउँथे तर अहिले उत्पादन घटेकाले स्थानीयबासी समस्यामा परेका छन् । आलुको आलु उत्पादन किन घट्यो भन्ने विषयमा स्थानीय अनविज्ञ देखिन्छन् । जलवायु परिवर्तनका कारण हो कि भन्ने अनुमान गरिएको छ । केही वर्षयता हिमाली क्षेत्रका मौसमी वातावरणमा परिवर्तन आउँदा उत्पादनमा प्रभाव परेको हुनसक्ने स्थानीयबासीको भनाइ छ । रासस




भर्खरै