• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण ★   कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौँका मेयर बालेन ★   अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली ★   जब शुभमन गिलले अभिषेक शर्माको आमाको पाउ छोए ★   बैंगलोर र चेन्नईको खेलमा वर्षा भएपनि आधा घण्टामा मैदान सुकाइने ★   मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने ★   गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे

हिमाली क्षेत्रमा आलु उत्पादन घट्यो



ताप्लेजुङ। फक्ताङलुङ गाउँपालिका–६ घुन्सासहितका हिमाली क्षेत्रमा आलु उत्पादन न्यून हुँदै गएको छ । केही वर्ष यतादेखि उत्पादन घट्दै गएकोमा यस वर्ष उत्पादन शून्यजस्तै बनेको छ । आलु उत्पादन हुने घुन्सा, फले, ग्याब्ला, आम्जिलेसालगायतका क्षेत्रमा उत्पादन नहुँदा आउने मौसमका लागि अन्यत्रैबाट बीउ खोजेर ल्याउनुपर्ने अवस्था आएको स्थानीयबासीले बताएका छन् ।

 “सधैँ खम्बाचेन, घुन्सामा उत्पादित आलु फलेमा लगेर भण्डारण गरिन्थ्यो, त्यहाँसम्म तल्लो भेगका मानिस कोदो, मकैजस्ता अन्न लिएर साट्न आउँथे र आलु लिएर फर्किन्थे । यस वर्ष बीउ राख्न पनि पाइएन । ”घुन्साका हिमाली चुङदाकले भन्नुभयो । उहाँका अनुसार आलु उत्पादन हुने अधिकांश क्षेत्र खर्कमा परिणत हुन थालेका छन् । “आलु फल्न छाडेपछि खम्बाचेन र फलेका केही भाग खर्कमा परिणत भएका छन्, घुन्सामा यस वर्ष एक मुरी बीउ रोप्दा दश पाथी पनि राम्रो आएन, यस्तै अवस्था रहिरहे हिमाली क्षेत्रका बासिन्दालाई समस्या आउने देखिन्छ”, उहाँले भन्नुभयो । सदरमुकामबाट झण्डै तीन दिनको पैदल दूरीमा पर्ने घुन्सालगायतका बासिन्दा पशुपालनसँगै आलुखेती गर्छन् ।

 विगतमा वर्षभर पुग्ने अन्नपात आलुले नै जुटाउने घुन्सावासी यो वर्ष आफैँका लागि छ दिनसम्मको समय खर्चेर याङ्मादेखि आलु बोक्न बाध्य बने । “आफू पनि खानु पर्‍यो, आउने पर्यटकलाई पनि खुवाउनै पर्‍यो, यो वर्ष आलु नफल्दा याङ्मादेखि पनि ल्यायौँ”, स्थानीयबासी टाँसी शेर्पाले भन्नुभयो । करिब तीन हजार ४०० मिटरको उचाइमा पर्ने घुन्सामा मात्र एक सिजनमा १०० मुरीभन्दा बढी आलु उत्पादन हुन्थ्यो । आसपासका बस्तीमा उत्तिकैरुपमा उत्पादन हुन्थ्यो तर क्रमशः घट्दै गएपछि कतै जमिन बाँझो छन् भने कतै बस्तु चराउने खर्क बन्दै गएको देखिन्छ । विशेष गरी फले क्षेत्र बाँझोमा परिणत भएको देखिन्छ । सो क्षेत्रमा घुन्सावासीले नै आएर आलुखेती गर्थे । खम्बाचेन, घुन्सामा उत्पादित आलु पनि फलेमा नै लगेर भण्डारण गरिन्थ्यो । त्यहाँसम्म तल्लो भेगका मानिस कोदो, मकै बोकेर आलु लिन दुई दिनसम्म हिँडेर जान्थे । यसरी आलुसँग कोदो र मकै साटेर हिमाली क्षेत्रका मानिसले खाद्यान्नको जोहो गर्थे ।

कतिपयले बेचेर घर खर्च जुटाउँथे तर अहिले उत्पादन घटेकाले स्थानीयबासी समस्यामा परेका छन् । आलुको आलु उत्पादन किन घट्यो भन्ने विषयमा स्थानीय अनविज्ञ देखिन्छन् । जलवायु परिवर्तनका कारण हो कि भन्ने अनुमान गरिएको छ । केही वर्षयता हिमाली क्षेत्रका मौसमी वातावरणमा परिवर्तन आउँदा उत्पादनमा प्रभाव परेको हुनसक्ने स्थानीयबासीको भनाइ छ । रासस