• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo

गैँडाको आक्रमणबाट गाइडको मृत्यु, पर्यटक र चौकीदार घाइते



गुलरिया । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने डल्ला सामुदायिक वनमा गैँडाको आक्रमणबाट एक पथप्रर्दशक (गाइड)को मृत्यु भएको छभने विदेशी पर्यटकसहित दुईजना घाइते भएका छन् ।

मधुवन नगरपालिका–१ स्थित वनमा वन्यजन्तु अवलोकन गर्ने क्रममा आज बिहान एकसिङ्गे गैँडाले आक्रमण गरेको थियो ।

आक्रमणबाट ठाकुरबाबा नगरपालिका–९ निवासी अन्दाजी ३५ वर्षीय ‘नेचर गाइड’ मनमोहन चौधरीको घटनास्थलमै मृत्यु भएको मधुवन नगरपालिका–१ का वडाध्यक्ष मीन थापाले जानकारी दिनुभयो ।

आक्रमणबाट अमेरिकी नागरिक अन्दाजी ५६ वर्षीय एमसी लेनडन शावन र सामुदायिक वनका चौकीदार ५८ वर्षीय खिन्चु चौधरी घाइते हुनुभएको छ ।

गैँडाले गाइडको पेटमा र विदेशी पर्यटकको पुठ्ठामा आक्रमण गरेको जनाइएको छ । घाइते पर्यटकको ठाकुरबाबा नगर अस्पताल भुरीगाउँमा उपचार भइरहेको छ । प्रहरीकानुसार उहाँको अवस्था मध्यम र चौकीदार चौधरीको अवस्था सामान्य रहेको छ ।