२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

विष्णु माझी र तीजका तरङ्गहरू

विष्णु माझी र तीजका तरङ्गहरू
अ अ+ अ-

काठमाडौँ । नेपाली महिलाको विशेष पर्व तीज माइतीघरको नियास्रो तुष्टि, व्रत साधना, स्वादिलो खानपान, नाचगान, पञ्चमी स्नान र परिशुद्धताको समष्टिगत उत्सव हो ।

महिलाले आफ्ना खुसी र बेदना गीतमार्फत अभिव्यक्त गर्न किञ्चित नहिचकिचाउने अवसर भएकाले तीजको मुख्य विशेषता नाचगान नै हो, जसको आफ्नै मौलिक भाका र स्वाद छ । अचेल गीत÷सङ्गीत रेकर्डिङ सहज र जो पनि कलाकार बन्न सक्ने सुविधाले हुनसक्छ, तीज आउनु एक महिनाअघिदेखि नै तीज गीत भन्दै बजारमा अनेक भाव भङ्गीमाका भिडियोहरू सार्वजनिक हुने गरेका छन् । ती गीतहरू कतिपय शालिन र मर्मस्पर्शी पनि हुने गरेका छन्, कतिपय छाडा ।

विडम्बना, तीजको मौलिक भाका, भाव र मर्मको उपहास गर्दै यस वर्ष पनि केही अश्लिल भाव झल्काउने उच्छृङ्खल खालका गीतहरू बजारमा आए । सामाजिक सञ्जालदेखि मूलधारका मिडियासम्ममा यसको चर्को आलोचना भयो । तीज गीतमा छाएको विकृतिप्रति चिन्ता व्यक्त भइरहेकै बेला चर्चित गायिका विष्णु माझीले तीजमा माइत जान असमर्थ चेलीको मर्म पोख्दै ‘आइन आमा ओई, यो तीजमा’ बोलको गीत सार्वजनिक गरिन् ।

गायक÷सङ्गीतकार सुन्दरमणि अधिकारीको शब्द र सङ्गीत अनि माझीको खिरिलो स्वरले सजिएको यो गीतको भिडियो युटयुबमा भाइरल भयो, जसले यी पङ्क्ति लेख्दासम्म करोड ‘भ्यू’ नाघिसकेको छ । यो गीतलाई धेरैले मन पराए । कारुणिक भावको यस गीतमा चेलीहरू नाचिरहेका छन् । टिकटकमा पनि यही गीतको बोलबाला छ । विगतमा झैं यस गीतले पनि लोकसङ्गीतमा गायिका माझीको बर्चस्वलाई कायमै राखेको छ ।

एउटा अनौठो परिदृश्य केही वर्षदेखि पुनरावृत्ति भइरहेको हामी पाउँछौंँ । हरेक वर्ष तीजमा गायिका माझीको गीत सार्वजनिक हुने गर्छ । गीत भाइरल हुन्छ, स्रोतामाझ गायिकाको ‘क्रेज’ झन बढ्छ । यो ख्यातिसँगै बजारमा विभिन्न प्रश्नहरूका साथ एउटा मुद्दा चम्किन्छ–गायिका विष्णु माझी किन दर्शक÷स्रोतामाझ देखा पर्दिनन् रु उनी किन गुमनाम जीवन बिताइरहेकी छिन् ? कतै कसैले उनलाई बन्धक बनाइरहेको पो हो कि ? आखिर उनी किन आफूलाई लुकाइरहेकी छिन् ?

यसपालि त यो मुद्दा सङ्घीय संसदमै उठ्यो । गत १८ भदौमा प्रतिनिधिसभाको शून्य समयमा बोल्दै नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले गायिका विष्णु माझीलाई सार्वजनिक गर्न माग गर्नुभयोे । सांसद भण्डारीले भन्नुभयोे, ‘म देख्छु, विष्णु माझीलाई, उनको यति राम्रो गीत गाउने त्यो स्वर, त्यो व्यक्तिलाई देख्न पाए हुन्थ्यो भनेर नेपालीको हरेक मनले भनेको छ । कुनै उपाय छ भने, कुनै मिल्ने कुरा छ भने यो पनि सार्वजनिक होस् ।’

सांसद भण्डारीले राखेको माग खासमा गायिका माझीलाई मन पराउने लाखौं दर्शक÷स्रोताको हो । ‘शीतल दिने पिपल समी छ’ देखि ‘ड्राइभर दाइ मनप¥यो मलाइ’, ‘लालुपाते नुघ्यो भूईतिर’, ‘नजाउ है सानु पँधेरीमा’, ‘सालको पातको टपरी’ हुँदै ‘कहाँ गयो जुरेली’, ‘चरी जेलैमा’ र अहिले ‘आइन आमा यो तीजैमा’सम्म एकभन्दा एक हिट गीत गाएर तहल्का मच्चाउने गायिकाको हाउभाउ र मुहार हेर्न अनि उनले प्रत्यक्ष गाएको सुन्न जो कोही लालायित छन् ।

आश्चर्य, गायिका माझी न त कुनै साङ्गीतिक कार्यक्रम या महोत्सवहरूमा देखा पर्छिन्, न त भिडियोमै उनलाई देख्न सकिन्छ । विदेशमा आयोजना हुने कार्यक्रममा सहभागिता शून्य छ । स्टुडियोमा गीत रेकर्ड गर्न जाँदा पनि उनी आँखाबाहेक सम्पूर्ण मुहार छोपेरै जान्छिन् । अहिलेसम्म कुनै मिडियामा उनको एउटा पनि अन्तर्वार्ता पढन, हेर्न र सुन्न पाइएको छैन । अहो, कुन हदसम्मको गुपचुप जिन्दगी रु आफैँबाट आफैँमाथि छोपिएको यो कस्तो पर्दा रु कहाँसम्म भने अहिले इन्टरनेटमा सर्च गर्दा कालो र रातो मुगा मिश्रित माला पहिरिएको मुहारको उही पुरानो एउटा तस्बिर भेटिन्छ । भिडियोका हकमा पोखरामा धेरै वर्ष पहिले आयोजित दोहोरी कार्यक्रमा माझीले गाउँदै गर्दाको सानो क्लीप फेला पर्छ । यसबाहेक उनका तस्वीर, भिडियो केही भेटिदैनन् ।

स्वरमार्फत दर्शकको कानमा जति पनि गुञ्जने तर प्रत्यक्ष प्रकट भएर दर्शक समक्ष साक्षात्कार नगर्ने । गायिका माझीको यो कस्तो शैली हो ? भन्ने प्रश्न बारम्बार उठ्ने गरेको छ । उनी ‘मस्ट वान्टेड’ त हुन् तर आपराधिक हिसाबले हैन, लोकप्रियताका हिसाबले । देश–विदेशमा उनको व्यापक माग छ । आखिर उनले लुकी–लुकी हिंडनुपर्ने किन ? भन्ने यक्ष प्रश्न छ । गायिका माझीको गोप्य जीवनबारे बिगतमा पनि अनेक प्रश्नहरू नउठेका हैनन् । चापाकोट, स्याङ्जामा जन्मिएकी माझी नेपालमै सबैभन्दा बढी पारिश्रमिक लिएर गीत गाउने महँगी गायिका हुन् । २०६८ मङ्सिर २९ गते पोखराको राम मन्दिरमा गायक तथा सङ्गीतकार सुन्दरमणि अधिकारीसँग गायिका माझीको विवाह भएको थियो । उनी अहिले दुई जुम्ल्याहा सन्तानकी आमा समेत हुन् ।

यद्यपि, पति सुन्दरमणिले नै गायिका माझीलाई सार्जजनिक हुन नदिएका हुन् भन्ने हल्ला पनि चल्यो । सामाजिक सञ्जालमा गायक तथा सङ्गीतकार सुन्दरमणिमाथि विभिन्न टीकाटिप्पणी पनि हुँदै आएका छन् । यसबारेमा अर्का चर्चित गायक भगवान भण्डारीले केही वर्ष पहिले आफ्नो फेसबुकमा स्पष्ट पारेका थिए, ‘हामी एउटै गाउँंका हौँ । गाउँमा रोधी बस्दा गायिका माझी पछाडि बसेर सलले मुख छोपेर गीत गाउँथिन् । खुलेर कसैसँग बोल्दिनथिन्, निकै लाज मान्थिन् । कतै कार्यक्रममा बोलाए पनि जान्नथिन् । गाउँमा हुने प्रतियोगिताहरूमा पनि भाग लिएको देख्दिनथें । मेरो विचारमा अहिले उनी जे जसरी छिन्, आफ्नै स्वभाव र इच्छाको कारण हो जस्तो लाग्छ ।’

गायक भण्डारीले यसो भने पनि स्रोता÷दर्शकको शङ्का मेटिएन । गायक तथा सङ्गीतकार सुन्दरमणिले नै कुनै करकाप या परिबन्दमा पारेर गायिका माझीलाई घरभित्रै खुम्च्याएको हुनसक्ने आशङ्कायुक्त लेख र समाचार आए । यसै क्रममा राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानवअधिकार आयोग र तात्कालीन प्रधानमन्त्री सुशील कोइरालासम्म गायिका माझी सार्वजनिक हुनुपर्ने विषय प्रस्तुत भयो । २०७५ सालमा यो विषय अलि बढी नै चर्कियो । गायिका माझीबारे सर्वत्र जिज्ञासा बढेपछि स्याङ्जाका तात्कालीन प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको निर्देशनमा जिल्ला प्रहरी प्रमुख एसपी राजकुमार लम्सालले सङ्गीतकार सुन्दरमणिलाई फोन गरे । एसपी लम्सालले गायिका विष्णुलाई जिप्रकामा ल्याउन आग्रह गर्दै ‘नल्याए प्रहरी परिचालन गरेर भए पनि झिकाउने’ सन्देश पनि दिए । त्यसपछि २०७५ पुस २९ मा सुन्दरमणि र गायिका माझी जिप्रकामा हाजिर भएका थिए ।

स्याङ्जा जिप्रकामा गायिका माझी र सुन्दरमणिका साथमा विष्णुका दाइ बाबुराम, आमा धर्मकुमारी तथा पिता ताराबहादुर माझी पनि उपस्थित थिए । आखिर जिप्रकामा परिवारकै रोहबरमा भएको छलफलमा सार्वजनिक नहुनुको कारणबारे भनेका थिए, ‘हाम्रो बेग्लै लक्ष्य छ, त्यसैले बाहिर देखा नपरेका हौंँ ।’ आश्चर्य त के भने सो छलफलमा विष्णुले पनि आफूलाई बाहिरी दुनियाबारे केही जानकारी नभएकाले पतिको सहयोग लिएको बताउँदै आफू कुनै करकापमा नपरेको स्पष्ट पारेकी थिइन् । पक्कै पनि हरेक मानिसलाई निजी जीवन आफ्नै हिसाबले बिताउन पाउने अधिकार छ । तर, लाखौं दर्शक/स्रोताको संवेदनामा खेलिसकेकी गायिका माझीलाई अब त्यसो भन्ने छुट छैन । या त उनले आफू पर्दाभित्रै रहनुको खास कारण देश र जनतालाई बताउनुपर्छ या दर्शक÷स्रोतासामु उनी प्रकट हुनुपर्छ । आफ्नो निजी जीवनको अधिकारको जिकिर गरिरहँदा गायिका माझीले ती तमाम दर्शक/स्रोताको अधिकारको पनि ख्याल गर्नुपर्छ, जसको अपार मायाकै कारण उनी धेरै पारिश्रमिक लिने गायिकामा दरिएकी हुन् ।

आफूलाई सार्वजनिक नगरी केही समय भूमिगत हुन सकिन्छ । विश्वमा सयौं मानिससँग हरेक क्षण सम्पर्कमा रहनुपर्ने व्यक्ति पनि केही साता गुमनाम जीवन बिताउन कतै एकान्तमा जाने गर्छन् । विपस्यना ध्यान साधनामा जानेहरू १० दिनसम्म गुमनाम हुन्छन् । तर, भूमिगत हुनु ‘स्टाइल’, ‘सनक’ या ‘स्टन्ट’को विषय भने हुनु हुँदैन । अहिलेको खुला समाजमा एकालकाँटे भएर घरभित्रै गुम्सिएर रहनु भनेको अलि नपच्ने शैली हो कि रु हरेक वर्ष आफू भूमिगत हुनुको चर्चा चलिरहोस्, मानिसहरू कुहिराका काग बनिरहून्, जिज्ञासा जीवन्त रहोस् र यही नियोजित रहस्यको लाभ लिएर सदा प्रख्यात भइरहुँ भन्ने गायिका माझीको सोच हो भने यस्तो सोच तत्काल त्यागिदिए हुन्छ । बरु, अब यही कौतुहललाई उनले भजाउन सक्छिन् ।

स्वरको जादुबाट धेरै लाभ लिइसकेकी गायिका माझीले अब आफ्नो गायन जीवनको दोस्रो अध्याय प्रारम्भ गर्नुपर्छ । उनी अब विभिन्न महोत्सव, सांस्कृतिक कार्यक्रमहरूमा छाउनुपर्छ । टक–शोहरूमा पनि देखा पर्नुपर्छ । देश–विदेशको यात्रा गर्नुपर्छ । आफूलाई आजसम्म माया गर्दै आएका दर्शक÷स्रोतालाई नजिकबाट स्पर्श गर्नुपर्छ, माया बाँड्नुपर्छ र स्रोतासँगै झुमेर, रोएर, हाँसेर, नाचेर गाउनुपर्छ । अहिले लोकसङ्गीत मन पराउने मात्र हैन, सिङ्गो नेपाली जनपङ्क्ति गायिका माझीलाई भूमिगत जीवन त्यागेर खुला भएको हेर्न चाहन्छ । के दर्शक÷स्रोताको यो मागलाई सधैँ उपेक्षा गरिरहने ? संसद्मै गुञ्जिसकेको यो मागप्रति गायिकाले अब गम्भीर भएर सोच्नैपर्छ । तीजको शुभकामनासहित गायिका माझीसमक्ष पङ्क्तिकारको पनि आग्रह छ– अब तपाईँ सार्वजनिक हुनैपर्छ ।
(लेखक नेपाल प्रेस युनियनका अध्यक्ष हुनुहुन्छ)