• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo
Latest
★   केराखेतीबाट वार्षिक १४ लाख आम्दानी ★   राजनीतिका कारण फिल्मी दुनियाँ छाड्दै विजय ★   दलहरुले चुपचुप संविधान संशोधन गर्ने होइन, समाजका सबै पक्षसँग छलफल चलाएर मात्रै गर्नुपर्छ: माधव नेपाल ★   प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद्को बैठक बस्दै ★   कर्मचारी सञ्चय कोषद्वारा प्रभातफेरि ★   संसद् बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधनको तयारी ★   अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पको हत्या प्रयास ! ★   कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीको केही स्थानमा भारी वर्षाको सम्भावना ★   भाषा शैली जगाउन आफ्नै भाषाको म्युजिक भिडियो ★   पत्रकार सुधीर शर्माका दुई पुस्तक एकसाथ सार्वजनिक

महिलाको जीवनमा गुणात्मक रुपान्तरण ल्याउनु प्रमुख कार्यभारः अध्यक्ष दाहाल



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक जीवनमा गुणात्मक रुपान्तरण ल्याउनु अबको प्रमुख कार्यभार भएको बताउनुभएको छ ।

हरितालिका तीजका अवसरमा आज शुभकामना दिँदै अध्यक्ष दाहालले सामाजिक रुपान्तरणका लागि तीजबाट प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले जनयुद्ध तथा ऐतिहासिक जनआन्दोलनका बलमा जारी भएको नेपालको संविधानबाट प्राप्त अधिकारको पूर्ण कार्यान्वयनमा जोड दिनुभयो ।

अध्यक्ष दाहालले हरितालिका तीजका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा, दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवं सुस्वास्थ्य र दीर्घ जीवनको शुभकामना व्यक्त गर्नुभएको छ ।

“नेपाली महिलाले परापूर्वकालदेखि धार्मिक सांस्कृतिक पर्वका रुपमा मनाउँदै आएको तीजका मौलिक पक्षको संरक्षण गर्नुका साथै नेपाली समाजमा आएको परिवर्तनलाई आत्मसात् गर्दै यसलाई लैङ्गिक समानता र सामाजिक सशक्तीकरणका अवसरका रुपमा समेत लिनुहुने छ भन्ने विश्वास व्यक्त गर्दछु”, अध्यक्ष दाहालले शुभकामना सन्देशमा भन्नुभएको छ । रासस