२५ श्रावण २०८३, सोमबार
,
Latest
झापामा एक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र हङकङमा गर्मीको नयाँ कीर्तिमानः तापक्रम ३६.९ डिग्री सेल्सियस पुग्यो प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतलाई भेट्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु रूसी आधारहरूको भविष्यबारे मस्कोसँग सम्झौता गरेको सिरियाको दाबी ढोरपाटनको सडक सहज बनाउन मन्त्री लम्सालको जोड सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ओरालो यात्रामा



अ+ अ-

काठमाडौँ । धितेपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज १२ दशमलव १० अङ्कले ओरालो लागेर दुई हजार सात सय २७ दशमलव ३६ मा सिमित भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ३५ अङ्कले ओरालो लागेर चार सय ८६ दशमलव ३६ मा सिमित भएको छ । कारोबार भएका कूल १३ उपसमूह मध्ये ११ उपसमूहको शेयर मूल्य ओरालो लाग्दा दुई उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ ।

कूल दुई करोड एक लाख ५३ हजार नौ सय ९३ कित्ता शेयर रु नौ अर्ब ६५ करोड १५ लाख १३ हजार दुई सय ४६ मूल्यमा कारोबार भएको छ । नेप्सेका अनुसार आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।

यूनिक नेपाल लघुवित्त नौ दशमलव १४, नेष्डो समृद्धि लघुवित्त आठ दशमलव ४३, अप्प्र हेवाखोला हाइड्रोपावर सात दशमलव ९२ र गुडविल फाइनान्सका लगानीकर्ताले सात दशमलव ८३ प्रतिशतले कमाएका छन् । यस्तै, नेपाल फाइनान्स आठ दशमलव ९१, विन्दवासिनी हाइड्रोपावर पाँच दशमलव ७७, एनआरएन इन्फास्ट्रक्चर पाँच दशमलव शुन्य तीन, न्यादी हाइड्रोपावर चार दशमलव ८९ र मन्दाकिनी हाइड्रोपावरका लगानीकर्ताले चार दशमलव ८२ प्रतिशतले गुमाएका छन् ।