९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

भूकम्पपछिको पुनःनिर्माणमा सहयोग गर्न पाउँदा खुशी लागेको छः भारतीय विदेश सचिव

भूकम्पपछिको पुनःनिर्माणमा सहयोग गर्न पाउँदा खुशी लागेको छः भारतीय विदेश सचिव
अ अ+ अ-

गोरखा । भारतीय विदेश सचिव हर्षबद्र्धन शृङ्गलाले भूकम्पपछिको पुनःनिर्माणमा नेपाललाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभएको छ । भारत सरकारको सहयोगमा गोरखा नगरपालिकाभित्र भूकम्पले क्षति पुर्‍याएका तीन विद्यालय पुनःनिर्माण सम्पन्न भएसँंगै आज नवनिर्मित भवनको  उद्घाटन गर्दै उहाँले यस्ता खालका सहयोगले नेपाल र भारतबीचको वर्षौदेखि सम्बन्ध झन् प्रगाढ हुने बताउनुभयो ।  

भूकम्पले क्षति पुर्‍याएका निजी आवास, सामुदायिक विद्यालय र स्वास्थ्यचौकी पुनःनिर्माणमा भारत सरकारले सहयोग गर्दै आइरहेको जनाउँदै विदेश सचिव शृङ्गलाले नेपाललाई भारतको सहयोग सधैँ रहने बताउनुभयो । उहाँले नेपाल एकीकरणको उद्गम थलो गोरखामा आउन पाउँदा आफूलाई गर्व लागेको बताउँदै भन्नुभयो,  “नेपालीहरु विश्वभरि साहसीका रुपमा चिनिन्छन्, तत्कालीन राजा पृथ्वीनारायण शाहले एकीकरण शुरुआत गरेको ठाउँमा आउन पाउँदा मलाई गर्व लागेको छ ।”
 
भारत सरकारको सहयोगमा गोरखा नगरपालिकामा महालक्ष्मी माध्यमिक विद्यालय, रत्नलक्ष्मी माध्यमिक विद्यालय र तारा माध्यमिक विद्यालय छेवेटारको भवन पुनःनिर्माण सम्पन्न भएको हो । तीनै नवनिर्मित विद्यालय भवनको महालक्ष्मी मावि लक्ष्मीबजारमा आयोजित कार्यक्रमका बीच विदेश सचिव शृङ्गलाले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा गोरखा नगरपालिका प्रमुख राजनराज पन्त,  राष्ट्रिय पुनःनिर्माण प्राधिकरण सचिव रामकृष्ण सापकोटा, जिल्ला समन्वय समिति गोरखाका प्रमुख अशोक गुरुङलगायतले भारतको सहयोगको प्रशंसा गर्नुभएको थियो । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालगायतको पनि सहभागिता थियो ।

भारतले नेपालमा भूकम्पपछि गोरखा र नुवाकोट जिल्लामा गरी कुल ५० हजार घर निर्माण गर्ने प्रतिबद्धता जनाएको थियो । सो अनुसार दुई जिल्लामा गरी ४६ हजार पाँच सय घर निर्माण सम्पन्न भई लाभग्राहीलाई हस्तान्तरण गरिसकिएको छ । तीमध्ये गोरखा जिल्लामा २५ हजार १७ घरधुरी  निर्माण भएको छ । नेपाल आवास पुनर्निर्माण परियोजना, भारत सरकारको  आर्थिक  सहयोगमा सन् २०१८ मार्च महिनादेखि  युएनडिपीका समन्वयमा गोरखा जिल्लामा कार्यक्रम सञ्चालनमा रहेको छ । 

सो परियोजनामा स्थानीय साझेदारी संस्थाकारुपमा पद्धति  विकास केन्द्र  र स्वाराँ सघन गाउँ विकास केन्द्रमार्फत  जिल्लाका गोरखा र पालुङटार   नगरपालिका  तथा धार्चे, गण्डकी, अजिरकोट, आरुघाट , सिरानचोक र शहीद लखनसहित  ६ गाउँपालिकाका  ४२ वडामा  सञ्चालन भइरहेको छ ।  परियोजनालले २६ हजार ९१२ घरधुरीका लागि सामाजिक प्राविधिक सहजिकरणअन्तर्गत काम गरिरहेको छ । तीमध्ये भदौ मसान्तसम्म २५ हजार १७ घर निर्माण सम्पन्न भइसकेको तथा ६७७ निर्माणाधीन रहेको परियोजना गोरखा प्रमुख राम सापकोटाले जानकारी दिनुभयो ।