• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo
Latest
★   परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान ★   टस जितेर नेपालले क्यानडालाई दियो ब्याटिङको निम्तो, सुरुवाती–११ मा को–को छन् ? ★   लगानी फिर्ताका लागि सार्थक पहल गर्नुस् : उपप्रधानमन्त्री पौडेल ★   खोला किनारको २० मिटर विवादः सरकारद्वारा पुनरावलोकन निवेदन दर्ता ★   वन मन्त्री शाहीसंग कोलोम्बिया राजदुत बीच शिष्टचार भेट ★   सुदूरपश्चिम सरकारले ल्यायो साढे ३१ अर्ब ६२ करोड ९८ लाखको बजेट ★   एनआरएन विवादमा मिसिल झिकाउने आदेश ★   भावी प्रधान न्यायाधीशमा राउत सिफारिस ★   ‘जलवायुका असर न्यूनीकरण गर्न निजी क्षेत्रसँग सहकार्य आवश्यक’ ★   नेपाल–अमेरिका टिफा बैठकः द्विपक्षीय व्यापार र लगानी विस्तारबारे छलफल

नेटफ्लिक्स सिरिज आईसी–८१४ः तथ्यहरूलाई गलत प्रस्तुत गरेपछि विवादमा



एजेन्सी । नेटफ्लिक्सको सिरिज आईसी–८१४ः द कान्दाहार हाईज्याक तथ्यको विकृति देखाएकोमा विवादमा परेको छ । सिरिजमा आतंकवादीहरूको हिन्दू नाम उल्लेख गरिएको थियो, तर भारतको सूचना तथा प्रसारण मन्त्रालयको आदेशपछि अब तिनीहरूको वास्तविक नाम अस्वीकरणसहित सिरिजमा थपिएको छ ।

यसैबीच सन् १९९९ मा अपहरणका बेला विमानमा उपस्थित एक यात्रुको बयान बाहिर आएको छ ।

अपहरणको चौथो र पाँचौं दिन अपहरणकर्तासँग मित्रता भएको उनले बताए । अफगानिस्तानमा अवतरण हुनुअघि उनीहरुले सँगै अन्ताक्षरी पनि खेलेका थिए ।

हालै एक वेबसाईटलाई दिएको अन्तर्वार्तामा अपहरणका क्रममा विमानमा उपस्थित यात्रु इप्सिता मेननले आफ्नो अपहरणको अनुभव सुनाइन् । उनले त्यतिबेला आफु २४ वर्षको थिइन् । २४ डिसेम्बर १९९९ मा, उनी आफ्नो हनिमूनपछि भारत फर्कन काठमाडौंबाट एयर इन्डियाको उडानमा चढिन् ।

अपहरणको पहिलो दिन उनलाई आफू मर्छु जस्तो लागेको थियो तर अपहरणको चौथो वा पाँचौं दिन विमान अफगानिस्तान पुगेपछि आतंककारीहरू एकदमै शान्त भए । उनीहरु यात्रुसँग अन्ताक्षरी खेलिरहेका थिए । इप्सिता मेननले कुराकानीमा एक आतंककारीको कोडनेम बर्गर भएको बताएकी छन् ।

बर्गर आएर उनको नजिकै बसेपछि उसले तिम्रो नाम बर्गर किन हो, तिमीलाई बर्गर मन पर्छ भनेर सोधिन् । यसरी उनको आतंकवादीसँग मित्रता भयो ।

इप्सिताले कुराकानीमा भनिन्, ‘२९ डिसेम्बरमा आतङ्ककारीले सबै यात्रुलाई आफूले मान्ने भगवानलाई सम्झन भनेका थिए, किनभने उनीहरूले एक एक गरी सबैलाई मार्ने धम्की दिएका थिए । सबै आत्तिए । इप्सिता पनि रोइरहेकी थिइन् र रुँदै सुतेकी थिइन् । केहि समय पछि, एक आतंकवादीले उनलाई ब्यूँझ्याए, त्यसैले उनले सोचिन् कि अब मर्ने पालो उनको हो, तर त्यसो भएन ।’

सबै यात्रुहरूलाई त्यसको दुई दिन पछि, ३१ डिसेम्बर १९९९ मा रिहा गरियो । यात्रुको रिहाइका लागि आतंकवादीहरूले जेलमा रहेका आतंकवादीलाई रिहा गर्न भारत सरकारसमक्ष शर्त राखेका थिए । यात्रुको बदलामा आतंकवादी मसूद अजहर सहित तीन आतंककारीलाई रिहा गरियो ।

यो सम्पूर्ण वास्तविक घटनामा आधारित सिरिज आईसी–८१४ः नेटफ्लिक्समा अगस्ट २८ मा रिलिज भएको छ । जसमा विजय वर्मा, नसीरुद्दीन शाह, दिया मिर्जा, पंकज कपूर, पत्रलेखा महत्वपूर्ण भूमिकामा छन् । रिलिज पछि, सिरिजविरुद्ध धेरै तथ्य गलत देखाइएको आरोप लगाइएको थियो ।

सिरिजमा आतंकवादीहरूको कोडनेम ‘भोला’ र ‘शंकर’ उल्लेख गरिएको छ, जसमा सूचना तथा प्रसारण मन्त्रालयले नेटफ्लिक्स कन्टेन्ट हेड मोनिका शेरगिलसँग जवाफ मागेको थियो । अब विवाद बढ्दै गएपछि सिरिजमा सांकेतिक नाम र वास्तविक नामसँग सम्बन्धित डिस्क्लेमर हालिएको छ ।

यो पनिः इतिहासकै डरलाग्दो जहाज हाइज्याक घटना, जब काठमाडौँबाट दिल्ली उडेको विमान ८ दिनसम्म कब्जामा रह्यो