४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’

नेटफ्लिक्स सिरिज आईसी–८१४ः तथ्यहरूलाई गलत प्रस्तुत गरेपछि विवादमा

नेटफ्लिक्स सिरिज आईसी–८१४ः तथ्यहरूलाई गलत प्रस्तुत गरेपछि विवादमा
अ+ अ-

एजेन्सी । नेटफ्लिक्सको सिरिज आईसी–८१४ः द कान्दाहार हाईज्याक तथ्यको विकृति देखाएकोमा विवादमा परेको छ । सिरिजमा आतंकवादीहरूको हिन्दू नाम उल्लेख गरिएको थियो, तर भारतको सूचना तथा प्रसारण मन्त्रालयको आदेशपछि अब तिनीहरूको वास्तविक नाम अस्वीकरणसहित सिरिजमा थपिएको छ ।

यसैबीच सन् १९९९ मा अपहरणका बेला विमानमा उपस्थित एक यात्रुको बयान बाहिर आएको छ ।

अपहरणको चौथो र पाँचौं दिन अपहरणकर्तासँग मित्रता भएको उनले बताए । अफगानिस्तानमा अवतरण हुनुअघि उनीहरुले सँगै अन्ताक्षरी पनि खेलेका थिए ।

हालै एक वेबसाईटलाई दिएको अन्तर्वार्तामा अपहरणका क्रममा विमानमा उपस्थित यात्रु इप्सिता मेननले आफ्नो अपहरणको अनुभव सुनाइन् । उनले त्यतिबेला आफु २४ वर्षको थिइन् । २४ डिसेम्बर १९९९ मा, उनी आफ्नो हनिमूनपछि भारत फर्कन काठमाडौंबाट एयर इन्डियाको उडानमा चढिन् ।

अपहरणको पहिलो दिन उनलाई आफू मर्छु जस्तो लागेको थियो तर अपहरणको चौथो वा पाँचौं दिन विमान अफगानिस्तान पुगेपछि आतंककारीहरू एकदमै शान्त भए । उनीहरु यात्रुसँग अन्ताक्षरी खेलिरहेका थिए । इप्सिता मेननले कुराकानीमा एक आतंककारीको कोडनेम बर्गर भएको बताएकी छन् ।

बर्गर आएर उनको नजिकै बसेपछि उसले तिम्रो नाम बर्गर किन हो, तिमीलाई बर्गर मन पर्छ भनेर सोधिन् । यसरी उनको आतंकवादीसँग मित्रता भयो ।

इप्सिताले कुराकानीमा भनिन्, ‘२९ डिसेम्बरमा आतङ्ककारीले सबै यात्रुलाई आफूले मान्ने भगवानलाई सम्झन भनेका थिए, किनभने उनीहरूले एक एक गरी सबैलाई मार्ने धम्की दिएका थिए । सबै आत्तिए । इप्सिता पनि रोइरहेकी थिइन् र रुँदै सुतेकी थिइन् । केहि समय पछि, एक आतंकवादीले उनलाई ब्यूँझ्याए, त्यसैले उनले सोचिन् कि अब मर्ने पालो उनको हो, तर त्यसो भएन ।’

सबै यात्रुहरूलाई त्यसको दुई दिन पछि, ३१ डिसेम्बर १९९९ मा रिहा गरियो । यात्रुको रिहाइका लागि आतंकवादीहरूले जेलमा रहेका आतंकवादीलाई रिहा गर्न भारत सरकारसमक्ष शर्त राखेका थिए । यात्रुको बदलामा आतंकवादी मसूद अजहर सहित तीन आतंककारीलाई रिहा गरियो ।

यो सम्पूर्ण वास्तविक घटनामा आधारित सिरिज आईसी–८१४ः नेटफ्लिक्समा अगस्ट २८ मा रिलिज भएको छ । जसमा विजय वर्मा, नसीरुद्दीन शाह, दिया मिर्जा, पंकज कपूर, पत्रलेखा महत्वपूर्ण भूमिकामा छन् । रिलिज पछि, सिरिजविरुद्ध धेरै तथ्य गलत देखाइएको आरोप लगाइएको थियो ।

सिरिजमा आतंकवादीहरूको कोडनेम ‘भोला’ र ‘शंकर’ उल्लेख गरिएको छ, जसमा सूचना तथा प्रसारण मन्त्रालयले नेटफ्लिक्स कन्टेन्ट हेड मोनिका शेरगिलसँग जवाफ मागेको थियो । अब विवाद बढ्दै गएपछि सिरिजमा सांकेतिक नाम र वास्तविक नामसँग सम्बन्धित डिस्क्लेमर हालिएको छ ।

यो पनिः इतिहासकै डरलाग्दो जहाज हाइज्याक घटना, जब काठमाडौँबाट दिल्ली उडेको विमान ८ दिनसम्म कब्जामा रह्यो