२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

अमेरिकामा १४ वर्षीय बालकको गोली प्रहारबाट चार जनाको मृत्यु, ९ घाइते

अमेरिकामा १४ वर्षीय बालकको गोली प्रहारबाट चार जनाको मृत्यु, ९ घाइते
अ अ+ अ-

काठमाडौं । अमेरिकाको जर्जिया राज्यको एक विद्यालयमा गोली चल्दा चार जनाको मृत्यु भएको छ । घटनामा ९ जना घाइते भएका छन् ।

एटलान्टाको करिब ८० किलोमिटर उत्तरपूर्वमा रहेको ब्यारो काउन्टीको अपलाची हाई स्कूलमा १४ वर्षीय बालकले गोली चलाएको अधिकारीहरुलाई उदृत गर्दै सीएनएनले जनाएको छ ।

गोली चलाउने बालक पनि सोही विद्यालयको नै भएको स्थानीय प्रहरीले बताएको छ । गोली चल्दा दुई शिक्षक र दुई विद्यार्थीको मृत्यु भएको छ भने ८ विद्यार्थी र एक शिक्षक गरी ९ जना घाइते भएका छन् । प्रहरीले गोली चलाउने विद्यार्थीलाई पक्राउ गरेको बताएको छ ।

अमेरिकामा विद्यालयमा गोली चल्ने घटना पटक पटक हुने गरेका छन् । सन् २०२४ मा मात्र अमेरिकाको विद्यालयमा गोली चलेको यो ४५औँ घटना हो । यस अघि सन् २०२३ मा ८२ विद्यालयमा गोली चलेको थियो भने २०२२ मा ७९ र २०२१ मा ७३ विद्यालयमा गोली चलेको थियो ।