काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण भएको छ । लामिछाने ले शनिबार बिहान सामाजिक सन्जाल मार्फत ट्वीटरमार्फत् आफूलाई कोरोना सक्रमण भएको जानकारी गराएका हुन् । हाल घरमा नै आईसोलेसनमा बसेका लामिछानेले ‘यदि सबै राम्रो हुँदै गए म फिल्डमा पुनः फर्किने छु । तपाईंहरु मलाई आशिर्वाद दिनुस् ।’ भन्दै लेखेका छन् ।
गत बुधबारदेखि शरीर दुख्ने समस्या देखिएको र हालस्वास्थ्यमा सुधार भइरहेको जानकारी गराएका छन् ।