९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

माओवादीले गर्न खोजेको परिवर्तन ०६४ सालपछि तुहियोः रामनारायण बिडारी

माओवादीले गर्न खोजेको परिवर्तन ०६४ सालपछि तुहियोः रामनारायण बिडारी
अ अ+ अ-

काठमाडौं, १९ भदौ । नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले नेपालमा परिवर्तन भएपनि क्रान्ति भने सफल हुन नसकेको टिप्पणी गरेका छन् ।

आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । माओवादीले गर्न खोजेको परिवर्तन पनि २०६४ सालपछि तुहिएको उनको टिप्पणी छ । ‘माओवादीले २०६४ मा परिवर्तन होला कि जस्तो गरेको थियो । तर, त्यो तुहियो । गर्भ तुहिएपछि के गर्नुपर्छ ? त्यो तुहिएको त काम लाग्दैन । त्यस कारणले अर्कै प्रकारको चिज चाहियो,’– उनले भने ।

नेता बिडारीले नेपालमा फेरि नयाँ विद्रोहको आवश्यक्ता औंल्याए । अहिले विद्रोहका कुरा गर्दा आलोचना सहन पर्ने अवस्था भएपनि नेताले मनपरी गरेको जनताले हेरिरहन नसक्ने उनले बताए । अब नेतृत्व कि सुध्रिनुपर्ने र होईन भने छाड्नुपर्ने उनको भनाइ छ । नालायक भएर सत्ताको वरिपरी बसिरहने छुट कसैलाई पनि रहेको बिडारीले बताए ।

‘अहिले. फेरि विद्रोहको मेलो सुरु होलाजस्तो भयो । विद्रोह चाहियो भनेको जस्तो भयो । यो भन्न हुँदैन थियो कि भनेर अरुले खाएको जनताले हेरिरहनु ? भन्न नहुने भनेर ? कि सप्रियौ, कि छोड, कि ठीक काममा लाग, कि तिमी जस्ता नालायक छोड । यो देश म छ कक्षा पढ्दा गरिब थियो ।’ उनले भने, ‘अहिले म ६७ वर्षको भइसकेँ, गरिब नै छ । राजाको पालादेखि यो देश विदेशी ऋणैऋणले डुबेको छ, अहिले पनि ऋणै छ । यो देशमा विकास निर्माणको पैसा खर्च भएन भनिएको छ, कसले नगरेको ? त्यसको दोष मरेको त्रिभुवनलाई दिने’ साथै, अहिले प्रत्येक सरकारी कार्यालयमा भ्रष्टाचारैभ्रष्टाचार रहेको उनको दाबी छ ।

उनले कर्मचारी र नेतालाई क्रमशः नोट र भोटको शिकारीको संज्ञा दिए । मालपोत, यातायात, भूमि सुधार, सडकजस्ता कार्यालयका कार्मचारीले पैसा नखाइ काम नै नगर्ने उनको दाबी छ । त्यस्तै, भोटका लागि नेताहरुले झुठ बोल्ने, अपराध गर्ने, तस्करी गर्ने, सुन बेच्ने, नागरिकलाई नक्कली शरणार्थी बनाएर पठाउनेजस्ता कर्म गर्ने गरेको उनको आरोप छ ।

‘अहिले प्रत्येक कार्यालयमा भ्रष्टाचार छ । यातायात कार्यालयमा घुस खाएर नक्कली लाइसेन्स दिएछन् । मालपोत, भूमि सुधार, सडक कार्यालय जानुस्, पैसा नलिई कर्मचारीले काम गर्दैगर्र्दैनन् ।’ उनले थपे, ‘कर्मचारी नोटमा बिकेका छन्, नेताहरु भोटमात्रै हेर्छन् । के गर्यो भने भोट आउँछ, त्यही भन्ने, झुठ बोलेर भोट आउँछ, त्यही गर्ने, अपराध गरेर भोट आउँछ, त्यही गर्ने । तस्करी गरेर, सुन बेचेर, नक्कली शरणार्थी बनाएर बेचेर भोट आउँछ, त्यही गर्ने । के गर्यो भने भोट सिकार गर्न सकिन्छ ? त्यही गर्ने । नोट र भोट सिकारीहरुले गर्दा देश विकास भएन ।’

अहिले सरकार बनाउने क्रममा पापीहरु मिलेर लोभी जतिलाई किनेको उनले दाबी गरे । तिनै लोभीहरुले ‘मेरो नेता ठीक, मेरो दल ठीक, मेरो कुरा ठीक’ भनिरहेको उनले बताए । नेता बिडारीले अहिले जनताभन्दा जात ठूलो, सत्यभन्दा स्वार्थ ठूलो र न्यायभन्दा नाता ठूलो भएको बताए । ‘जात ठूलो कि जनता ठूलो ? नाता ठूलो कि न्याय ठूला ? स्वार्थ ठूलो कि सत्य ठूलो ? तर, अहिले जनताभन्दा जात ठूलो भन्ने गरिएको छ । सत्यभन्दा स्वार्थ ठूला, न्यायभन्दा नाता ठूलो भन्ने गरिएको छ । उँधो गएर उँभो पुगिँदैन,’– उनले भने ।

प्रगतितर्फको परिवर्तनलाई क्रान्ति भनिने बताउँदै उनले नेपालको सन्दर्भमा क्रान्ति नै नभएको बताए । २०६२÷०६३ सालको आन्दोलनपछि पनि ०४६ सालपछिकै टाउकैहरुले राज गरेको बताउँदै उनले यसलाई परिवर्त भन्न नसकिने बताए । ०४८ सालदेखि अहिलेसम्म यिनै दल र नेताहरुको हालिमुहाली रहेको उनले बताए । माओवादी पनि त्यही हुलमा मिसिएको उनको टिप्पणी छ ।

अहिले संविधान संशोधन गर्नुपर्ने कुरा आएको भएपनि के कुरामा संशोधन गर्ने, किन संशोधन गर्ने र कति संशोधन गर्ने भन्नेबारे छलफल नै हुन नसकेको बताए । देशमा रहेको सबै प्रकारको अप्ठ्यारोका बारेमा सडक र सदनबाट आवाज उठाउन उनले आग्रह गरे ।