• ३० भाद्र २०८१, आईतवार
  •      Sun Sep 15 2024
  •   Unicode
Logo
Latest
★   आर्सनलले टोटेनहमलाई हरायो ★   पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो ★   बालेन बैंगलोरमा, इन्द्रजात्रामा उपस्थित नहुने ★   काठमाडौं महानगरका प्रशासकीय अधिकृत प्रदीपको सरुवा, सरोजप्रसादलाई जिम्मेवारी सरुवा (सूचीसहित) ★   संसद्को वर्षे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस ★   मन्त्रिपरिषद्को बैठक: मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने ★   उत्पादनमूलक क्षेत्रमा प्राथमिकता दिन घर जग्गा व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह ★   अर्थ मन्त्रालयद्वारा बहुवर्षीय स्रोत सहमतिको विवरण उपलब्ध गराउन ताकेता ★   सरकार बनाउने र भत्काउने खेलमा माओवादी लाग्दैनः अध्यक्ष प्रचण्ड ★   आप नेता केजरीवालले मुख्यमन्त्री पदबाट राजीनामा दिने

माओवादीले गर्न खोजेको परिवर्तन ०६४ सालपछि तुहियोः रामनारायण बिडारी



काठमाडौं, १९ भदौ । नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले नेपालमा परिवर्तन भएपनि क्रान्ति भने सफल हुन नसकेको टिप्पणी गरेका छन् ।

आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । माओवादीले गर्न खोजेको परिवर्तन पनि २०६४ सालपछि तुहिएको उनको टिप्पणी छ । ‘माओवादीले २०६४ मा परिवर्तन होला कि जस्तो गरेको थियो । तर, त्यो तुहियो । गर्भ तुहिएपछि के गर्नुपर्छ ? त्यो तुहिएको त काम लाग्दैन । त्यस कारणले अर्कै प्रकारको चिज चाहियो,’– उनले भने ।

नेता बिडारीले नेपालमा फेरि नयाँ विद्रोहको आवश्यक्ता औंल्याए । अहिले विद्रोहका कुरा गर्दा आलोचना सहन पर्ने अवस्था भएपनि नेताले मनपरी गरेको जनताले हेरिरहन नसक्ने उनले बताए । अब नेतृत्व कि सुध्रिनुपर्ने र होईन भने छाड्नुपर्ने उनको भनाइ छ । नालायक भएर सत्ताको वरिपरी बसिरहने छुट कसैलाई पनि रहेको बिडारीले बताए ।

‘अहिले. फेरि विद्रोहको मेलो सुरु होलाजस्तो भयो । विद्रोह चाहियो भनेको जस्तो भयो । यो भन्न हुँदैन थियो कि भनेर अरुले खाएको जनताले हेरिरहनु ? भन्न नहुने भनेर ? कि सप्रियौ, कि छोड, कि ठीक काममा लाग, कि तिमी जस्ता नालायक छोड । यो देश म छ कक्षा पढ्दा गरिब थियो ।’ उनले भने, ‘अहिले म ६७ वर्षको भइसकेँ, गरिब नै छ । राजाको पालादेखि यो देश विदेशी ऋणैऋणले डुबेको छ, अहिले पनि ऋणै छ । यो देशमा विकास निर्माणको पैसा खर्च भएन भनिएको छ, कसले नगरेको ? त्यसको दोष मरेको त्रिभुवनलाई दिने’ साथै, अहिले प्रत्येक सरकारी कार्यालयमा भ्रष्टाचारैभ्रष्टाचार रहेको उनको दाबी छ ।

उनले कर्मचारी र नेतालाई क्रमशः नोट र भोटको शिकारीको संज्ञा दिए । मालपोत, यातायात, भूमि सुधार, सडकजस्ता कार्यालयका कार्मचारीले पैसा नखाइ काम नै नगर्ने उनको दाबी छ । त्यस्तै, भोटका लागि नेताहरुले झुठ बोल्ने, अपराध गर्ने, तस्करी गर्ने, सुन बेच्ने, नागरिकलाई नक्कली शरणार्थी बनाएर पठाउनेजस्ता कर्म गर्ने गरेको उनको आरोप छ ।

‘अहिले प्रत्येक कार्यालयमा भ्रष्टाचार छ । यातायात कार्यालयमा घुस खाएर नक्कली लाइसेन्स दिएछन् । मालपोत, भूमि सुधार, सडक कार्यालय जानुस्, पैसा नलिई कर्मचारीले काम गर्दैगर्र्दैनन् ।’ उनले थपे, ‘कर्मचारी नोटमा बिकेका छन्, नेताहरु भोटमात्रै हेर्छन् । के गर्यो भने भोट आउँछ, त्यही भन्ने, झुठ बोलेर भोट आउँछ, त्यही गर्ने, अपराध गरेर भोट आउँछ, त्यही गर्ने । तस्करी गरेर, सुन बेचेर, नक्कली शरणार्थी बनाएर बेचेर भोट आउँछ, त्यही गर्ने । के गर्यो भने भोट सिकार गर्न सकिन्छ ? त्यही गर्ने । नोट र भोट सिकारीहरुले गर्दा देश विकास भएन ।’

अहिले सरकार बनाउने क्रममा पापीहरु मिलेर लोभी जतिलाई किनेको उनले दाबी गरे । तिनै लोभीहरुले ‘मेरो नेता ठीक, मेरो दल ठीक, मेरो कुरा ठीक’ भनिरहेको उनले बताए । नेता बिडारीले अहिले जनताभन्दा जात ठूलो, सत्यभन्दा स्वार्थ ठूलो र न्यायभन्दा नाता ठूलो भएको बताए । ‘जात ठूलो कि जनता ठूलो ? नाता ठूलो कि न्याय ठूला ? स्वार्थ ठूलो कि सत्य ठूलो ? तर, अहिले जनताभन्दा जात ठूलो भन्ने गरिएको छ । सत्यभन्दा स्वार्थ ठूला, न्यायभन्दा नाता ठूलो भन्ने गरिएको छ । उँधो गएर उँभो पुगिँदैन,’– उनले भने ।

प्रगतितर्फको परिवर्तनलाई क्रान्ति भनिने बताउँदै उनले नेपालको सन्दर्भमा क्रान्ति नै नभएको बताए । २०६२÷०६३ सालको आन्दोलनपछि पनि ०४६ सालपछिकै टाउकैहरुले राज गरेको बताउँदै उनले यसलाई परिवर्त भन्न नसकिने बताए । ०४८ सालदेखि अहिलेसम्म यिनै दल र नेताहरुको हालिमुहाली रहेको उनले बताए । माओवादी पनि त्यही हुलमा मिसिएको उनको टिप्पणी छ ।

अहिले संविधान संशोधन गर्नुपर्ने कुरा आएको भएपनि के कुरामा संशोधन गर्ने, किन संशोधन गर्ने र कति संशोधन गर्ने भन्नेबारे छलफल नै हुन नसकेको बताए । देशमा रहेको सबै प्रकारको अप्ठ्यारोका बारेमा सडक र सदनबाट आवाज उठाउन उनले आग्रह गरे ।