४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

लडेरै पार्टी सकिने हो कि भन्ने चिन्ता बढ्यो : भुसाल



अ+ अ-

चितवन । नेकपाका स्थायी कमिटी सदस्य तथा कृषि मन्त्री घनश्याम भुसालले पार्टी सकिने हो कि भन्ने चिन्ता बढेको बताएका छन् ।

शनिबार बिहान भरतपुरमा अगुवा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै भुसालले पार्टीले पाएको ऐतिहासिक अवसर बैठकको मितिको विषयमा लडेरै पार्टी सकिने हो कि भन्ने चिन्ता बढेको बताएका हुन् । 

भुसालले देशकै ठूलो पार्टी बन्दा पनि जनअपेक्षा अनुसारको काम हुन नसकेको र पाएको ऐतिहासिक अवसर पनि गुम्ने बताएका छन् । उनले पार्टीमा दलाल पुँजीपति हावी हुँदै जाँदा गुटबन्दी बढेकाले पार्टीको भाविष्यमा भन्दा आफ्ने साथीहरुको खुट्टा तान्ने प्रवृत्तिको विकास हुँदै गएको बताए।