४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी
अ+ अ-

काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक सुरु भएको छ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली माथी लगाउनु भएको गम्भिर आरोपकाबारे अध्यक्ष ओलीले प्रतिबाद सहितको लिखित जवाफ पेश गर्नुहुने छ । 

आफू निकट नेताहरुले तयार पारेको लिखित प्रतिबेदन लाई प्रधानमन्त्री ओलीले शुक्रबार साँझ अन्तिम रुप दिनु भएको थियो ।  जवाफमा प्रधानमन्त्री ओलीले दाहालले लाएको आरोपको खण्डन र अस्वीकार गर्दे पार्टी  एकता लाई जोगाउनका लागि अभिभाबकीय भूमिका सहितको जबाफ तयार गर्नुभएको उहाँ निकट एक स्थायी समिति सदस्यले जानकारी दिनुभयो । ती सदस्यका अनुसार संयमित खालको जबाफ तयार भएको छ , बिेशेष गरी स्थायी समितिले गरेको  सर्बसम्मत निर्णयलाई  आधार मानेर अघि बढ्ने खालको जबाफ तयार भएको छ । जबाफमा ब्यक्तिगत रुपमा लगाईएका लान्छानाहरको अस्बीकार तथा खारेजी र राजनीतिक बुदाहरुको बारेमा समस्या सूरु हुनुका कारण र त्यसको निराकरणलाई समेटिएको छ । 

 मंसीर तीन गते देखी अध्यक्ष ओली र दाहाल बीच प्रत्यक्ष सम्बाद नभएपनि  उहाँहरु निकट नेताहरु बीच पटक पटक समस्या समाधानको लागि छलफल भएको थियो । सुरुका बेला  निकै आक्रोशित देखिनुभएका अध्यक्ष दाहालले पछिल्ला केही दिन यता भने समस्या जहाँबाट सुरु भएको हो त्यही बिन्दु बाट समाधानका लागि आफु  तयार रहेको  सन्देश वालुवाटार पुर्योउनु भएको छ ।  जसका कारण पाि अध्यक्ष ओलीले  आफनो प्रतिबेदनलाई केही नरम बनाउनु भएको  जनाईएको छ  । 

१० दिन लगाएर अध्यक्ष ओलीले आफूमाथि लागेका आरोपबारे लिखित जवाफसहित प्रतिवेदन तयार पारेका छन् । नेकपाको आज बस्ने सचिवालय बैठकमा औपचारिक रूपमै दुई अध्यक्षका राजनीतिक प्रस्तावले प्रवेश पाएका छन्। 

जारी अन्तरविरोध सचिवालय बैठकबाट समाधान नभए दुवै अध्यक्षको प्रस्ताव स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकमा पेस हुने नेताहरूले बताएका छन् ।