२१ मंसिर २०८२, आईतवार
,
Latest
बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

पलेशालाई नगदसहित काठमाडौं महानगरको सम्मान – फोटोफिचर



अ+ अ-

काठमाडौँ । पेरिस पारालिम्पिक २०२४ मा नेपालका लागि ऐतिहासिक पदक विजेता पलेशा गोवर्धनलाई काठमाडौं महानगरपालिकाले नगदसहित सम्मान गरेको छ ।

बुधवार स्वदेश फर्किएकी पलेशा र उनका प्रशिक्षक कविराज नेगी लामालाई महानगरले सम्मान गरेको हो ।

महानगरका मेयर बालेन्द्र शाह (बालेन), उपमेयर सुनिता डंगोल, सामाजिक विकास समितिका संयोजक राजु केसी, प्रमुख कार्यकारी अधिकृत प्रदीप परियारले पलेशा र प्रशिक्षक लामालाई सम्मान गरेका थिए । पलेशालाई ५ लाख र प्रशिक्षक लामालाई ३ लाख रुपैयाँ सम्मानस्वरुप प्रदान गरिएको छ ।

पलेशाले पेरिस पारालिम्पिकमा महिला के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौलसमूहमा काँस्य पदक जितेकी थिइन् । यो पदक नेपाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो हो ।