४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा सचिवालय बैठक सकियो, अर्को बैठक आगामी १६ गते बस्ने



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अधयक्ष केपी शर्मा ओलीले आफ्नो प्रस्ताव पेश गर्नुभएको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावको जवाफसहितको प्रस्ताव पेश गर्नुभएको हो । गत कात्तिक २८ गतेको बैठकमा प्रचण्डले पेश गर्नुभएको प्रस्ताव र सो प्रस्तावमा उठेका प्रश्नहरुको अध्यक्ष ओलीले जवाफ दिनुभएको छ । उहाँले पेश गर्नुभएको प्रस्ताव अध्ययनका लागि सचिवालय सदस्यहरुलाई वितरण गरिएको पार्टी प्रवक्त नारायणकाजी श्रेष्ठले बताउनुभयो । प्रवक्ता श्रेष्ठका अनुसार प्रस्ताव अध्ययन गरी छलफलका लागि अर्को बैठक मंसिर १६ गतेका लागि बोलाइएको छ । पार्टी कार्यालय धुम्बाराहीमा १६ गते दिउँसो एक बजे बस्ने बैठकले दुईअध्यक्षका प्रस्तावमाथि छलफल अगाडी बढाउने उहाँले बताउनुभयो ।

बैठकमा बोल्ने सचिवालय सदस्यहरुले पार्टीभित्र देखिएको समस्या र संकटहरुको समाधान गर्न छलफल गरी अगाडी बढ्नुपर्ने बताएका छन् । अध्यक्षद्वय ओली र प्रचण्ड तथा अन्य सचिवालय सदस्यहरुले पार्टीको एकता बलियो बनाउनुपर्ने विषयमा जोड दिनुभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । उहाँले अहिलेको पार्टीभित्रको बहसल एकतामा विचलन पैदा हुने र पार्टी फुटको दिशातिर जाने ढंगले नसोच्न पनि आग्रह गर्नुभयो । उहँले भन्नुभयो, ‘‘यो छलफल र बहसले एकतामा विचलन पैदा हुने वा फुटको दिशामा जाने ढंगले सोच्नु पर्दैन । एकताको रक्षा र सुदृढिकरण गर्न अहिलेको छलफल र बहसको सदुपाये गर्नुपर्छ भन्ने सबैको विचार हो ।’’

नेकपाले स्थानीय कमिटी बैठक मंसिर १८ मा र केन्द्रीय कमिटी बैठक मंसिर २५ मा बोलाइएको छ ।