४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

जनप्रतिनिधिले बजेट बाँडफाँड भन्दा पनि नीति निर्माणमा ध्यान दिनुपर्छ : अध्यक्ष तिमिल्सिना

जनप्रतिनिधिले बजेट बाँडफाँड भन्दा पनि नीति निर्माणमा ध्यान दिनुपर्छ : अध्यक्ष तिमिल्सिना
अ+ अ-

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले संघ र प्रदेशका जनप्रतिनिधिहरुलाई बजेट बाँडफाँड भन्दा पनि नीति निर्माणमा ध्यान दिन आग्रह गर्नुभएको छ ।

संघीय संसदको राष्ट्रियसभाका अधयक्ष, उपाध्यक्ष तथा प्रतिनिधिसभा र प्रदेश सभाका सभामुख उपसभामुखहरुको भेलामा सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले यस्तो आग्रह गर्नुभएको हो । संसद प्रभावकारी हुनलाई धेरै बजेट र विकाशे योजनाहरु आवश्यक नपर्ने उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले सांसदहरुको काम नीति निर्माण गर्ने मात्रै भएर स्मरण गराउनुभयो । संसदमा आएका विधेयकहरुलाई परिमार्जन गरी कति राम्रो बनाउन सकिन्छ भन्नेमा सबैको ध्यान हुनुपर्ने उहाँले बताउनुभयो । उहाँले नीति निर्मार्ण गर्ने कुरामा कति समय दिनुहुन्छ भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘हामी प्रभावकारी हुनलाई पैसा धेरै चाहिने होइन् । सांसदको काम नीति निर्माण गर्ने कुरा मात्रै हो । संघ प्रदेश जहाँसुकै भएपनि नीति निर्माण गर्नै कुुरामा कति समय दिनुहुन्छ ? त्यहाँ (संसद) मा आएको विधेयकलाई कति परिमार्जन गर्न सकिन्छ । कति राम्रो बनाउन सकिन्छ भन्ने हो । अरु योजनाहरु आफुले आफैलाई पारौँ भन्ने भन्दा सरकार मन्त्रालयसँग प्रस्ताव गर्ने र जिल्ला नगरमा योजना लैजाने हो ।’’

प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद तिमिल्सिनाले संघीय संसद र स्थानीय तहमा विस्तृत ऐन निर्माण भएपनि प्रदेशमा अझै निर्माण नभएको तर्फ ध्यानाकर्षण भएको बताउनुभयो । प्रदेशमा पछि जतिसक्दो चाँडो विस्तृत ऐन निर्माणका लागि आफुहरुले सहयोग गर्ने उहाँले बताउनुभयो । कतिपय कानून संघमा बनेपछि प्रदेशमा बन्नुपर्ने भएपनि त्यसो हुन नसकेको बताउनुभयो । संघको तर्फबाट बन्नुपर्ने कानून निर्माणमा गम्भिरतापूर्वक छलफल जारी रहेको उल्लेख गर्दै उहाँले जतिसक्दो चाँडो निर्माण गर्ने प्रतिवद्धता पनि जनाउनुभयो ।

संघीय राजधानीमा दुईदिनसम्म चलेको भेलाले प्रदेश सभा सेवा समूह गठन गर्न पहल गर्ने निर्णय गरेको छ । प्रदेश सभाप्रति उत्तरदायी र जवाफदेही हुने गरी कर्मचारीको व्यवस्था गर्न सेवा सुविधा र शर्तसम्बन्धी छुट्टै कानुनी व्यवस्था गरी प्रदेश सभा समूह गठनका लाग आवश्यक पहल निर्णय भएको हो । संघीय संसद् र प्रदेश सभाका लागि आवश्यक बजेट त्यहीँबाट तर्जुमा गरी वार्षिक बजेटमा समावेश गर्ने निर्णय भेलाले गरेको छ । कोभिड–१९ कै बीचमा संघीय संसद् र प्रदेश सभा सञ्चालन गर्नुपर्ने अवस्था देखिएकाले स्वास्थ्य मापदण्ड अपनाएर जनतचेतना अभिवृद्धिमा नेतृत्वदायी भूमिका खेल्ने निर्णय पनि गरिएको छ ।