७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने News Polar भोटेकोशी बाढीपछि पुनर्निर्माणमा युवा शक्ति परिचालन गर्न सांसद बुढामगरको माग

कांग्रेसपछि एमाले पनि एक्लै चुनाव लड्ने, छटपटमा माओवादी

कांग्रेसपछि एमाले पनि एक्लै चुनाव लड्ने, छटपटमा माओवादी
अ+ अ-

काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले पनि आगामी चुनाव एक्लै लड्ने घोषणा गरेको छ । सत्तासहयात्री दल नेपाली कांग्रेसले चुनावी गठबन्धन नगर्ने निर्णय गरेको दुई दिन नबित्दै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी एमालेले पनि आगामी चुनाव एक्लै लड्ने घोषणा गरेका हुन् । एमालेको यो घोषणासँगै यसअघिका दुई वटा चुनावमा तालमेल गरेर अस्तित्व रक्षा गरेको माओवादी केन्द्रमा छटपटि बढेको छ ।

एमाले आगामी मंसिरमा हुने भनिएको स्थानीय तहको उपनिर्वाचनमा पनि एक्लै प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ । त्यसपछि २०८४ सालमा हुने संसदीय चुनावमा बहुमत ल्याउने गरी कार्ययोजना ल्याउने तयारी एमालेको छ । एमालेले मिसन २०८४ समेत सुरु गरिसकेको छ ।

एमाले एक्लैले बहुमतको सरकार बनाउने उद्देश्यसहित ‘मिसन ०८४’ घोषणा गरेको हो । प्रधानमन्त्री ओलीले पनि त्यही अनुसार लाग्न निर्देशन दिएका छन् । सरकारमा कांग्रेससँग सहकार्य भए पनि चु्नावमा एक्लै जाने घोषणा प्रधानमन्त्री ओलीले गरेका हुन् ।

गत आमनिर्वाचनमा कांग्रेस, माओवादी, एस र जसपाबीच चुनावी गठबन्धन भएको थियो भने एमाले, राप्रपाबीच केही स्थानमा सहकार्य भएको थियो । आगामी निर्वाचनमा भने कांग्रेस, एमाले र माओवादीले एक्लाएक्लै निर्वाचन लड्ने घोषणा गरेका छन् । त्यसका लागि तीन दलले आआफ्नो संगठन सुदृढ अभियान सुरु गर्ने भएका छन् ।

नेपाली कांग्रेसले सोमबार मात्रै केन्द्रीय कार्यसमितिमार्फत् चुनावी गठबन्धन नगर्ने महामन्त्री गगन थापाको प्रस्तावलाई भाषा परिमार्जन गर्दै अनुमोदन गरेको थियो । कांग्रेसले ‘आफ्नै संगठनलाई थप ऊर्जाशील बनाउँदै आम जनताको मत र विश्वास बढाएर कांग्रेसले एक्लै बहुमत ल्याउन सक्ने पार्टीका रूपमा पुन:स्थापित गर्ने’ निर्णय गरेको थियो । ‘हामी भविष्यमा हुने निर्वाचनमा आफ्नै तागतमा एक्लै लड्नेछौं र हाम्रा मतदातालाई कांग्रेसको चुनाव चिह्न रूखमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौं,’ कांग्रेसको निर्णयमा भनिएको छ ।

माओवादीले पनि यसअघि विभिन्न फोरमहरुमा एक्लै प्रतिस्पर्धा गर्ने शक्ति आर्जन गर्ने घोषणा गरिसकेको छ । एमाले र कांग्रेसको घोषणा माओवादीलाई थप दबाब परेको छ । अब उसले कुनै एक ठूलो दलको सहारा लिएर अस्तित्व रक्षा गर्ने अवसर गुमाएको छ ।

त्यसैगरी गत निर्वाचनमा कांग्रेस र माओवादीको फेर समातेरको नेकपा एकीकृत समाजवादी पनि अप्ठ्यारोमा परेको छ । उसको कुनै पनि जिल्लामा राम्रो संगठन छैन । तर गत निर्वाचनमा गठबन्धन गरेर प्रतिस्पर्धा गर्दा उसले १० सिट हात पारेको थियो । अब एक्लै चुनावी प्रतिस्पर्धा गर्नुपरे उसको पनि हालत खराव हुने देखिएको छ ।

ठूला दल एक्लाएक्लै प्रतिस्पर्धामा गएर जनमतको समेत सही परीक्षण हुने छ । पछि कुनै पनि दलको बहुमत नआएमा सरकारका लागि भने सहकार्य हुन सक्छ ।