२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधानले महिलालाई प्रदान गरेका अधिकारको प्रभावकारी कार्यान्वयन जरुरी छः राष्ट्रपति पौडेल



अ+ अ-

काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र कानुनले प्रदान गरेका महिला हकअधिकारको प्रभावकारी कार्यान्वयन जरुरी रहेको बताउनुभएको छ ।

प्रथम महिला सविता पौडेलले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजना गर्नुभएको हरितालिका तीजको शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रपति पौडेलले महिलाका लागि गरिने व्यवहारमा परिवर्तन हुनुपर्छ भन्ने सोच विस्तारै विकास हुँदै गए पनि अधिकारको कार्यान्वयनमा अझै जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, “आज समाजमा धेरै परिवर्तन आइसकेको छ । महिलाको अवस्था अब पहिलोको जस्तो छैन् भन्ने मलाई लाग्दछ । नेपालको संविधान, ऐन कानुनमा महिला अधिकारको धेरै व्यवस्था भइसकेको छ, महिलाका लागि गरिने व्यवहारमा परिवर्तन हुनुपर्छ भन्ने सोच पनि विस्तारै विकास हुँदैछ तर संविधान र कानुनले महिलालाई प्रदान गरेको हकअधिकारको प्रभावकारी कार्यान्वयनका लागि भने अझै क्रियाशील हुनुपर्ने आवश्यकता छ ।

राष्ट्रपति पौडेलले विभिन्न संस्कृति तथा चाडपर्वले देशको मौलिकता कायम गर्ने हुनाले यसको संरक्षण, सम्वर्द्धन र निरन्तरतामा लागिरहनुपर्ने पनि उल्लेख गर्नुभयो ।

कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, महिला मन्त्री, महिला सांसद, विभिन्न ओहोदामा रहनुभएका उच्चपदस्थ महिला अधिकारीको उपस्थिति रहेको थियो ।